नेपालमा भेटिए कोरोनाका संक्रमित चौथो व्यक्ति

काठमाडौं । नेपालमा कोरोना संक्रमित चौथो व्यक्ति भेटिएका छन् । धनगढीमा उपचाररत एक जनामा कोरोना भोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

दुवईबाट फर्किएका ३४ वर्षीय पुरुष चैत ११ गतेबाट सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थिए । यस अगाडि काठमाडौं उपत्यकाभित्र ३ जनमा संक्रमण भेटिएको थियो । राजधानी काठमाडौं बाहिर पहिलोपटक कोभिड–१९ (कोरोना भाइरस) भेटिएको हो ।

You might also like

Comments are closed.