नेपाली बजारमा स्टार्टअप्स् लोकप्रिय छ

मोहम्मद चुन्ना
सेल्स डाइरेक्टर, मुइन इन्टरनेशनल प्रालि

स्टार्टअप्स् नेपालको आफ्नै ब्राण्ड हो । काठमाडौंमा रहेको मुइन इन्टरनेशनल प्रालिले नेपाल भित्र्याएको हो । स्टार्टअप्स्का लागि गण्डकी क्षेत्रको आधिकारिक बिक्रेता एम.बि. ट्रेडर्स न्युरोड पोखरा रहेको छ ।

यो ब्राण्ड डिजिटल सेक्युरिटी सलुसन रिलेटेट छ । विशेष गरी कर्पोरेट क्षेत्रको रोजाईमा यो ब्राण्ड पर्न सफल छ । स्टार्टअप्सका मुख्य प्रडक्टहरु सिसी टिभी क्यामरा, इ ह्याजरी मेसिन, पिएबिएक्स, एक्सेस कन्ट्रोल तथा इलेक्ट्रोनिक्स सेक्युरिटी गेटका सम्पूर्ण प्रडक्टहरु बजारमा उपलब्ध छन् ।

jutta mela

बिगत ६ वर्षदेखि नेपालमा यी प्रडक्टहरु बिक्रीवितरण भइरहेको छ । चीनमा उत्पादन भएर नेपाल आउने यो ब्राण्डको प्रमुख विशेषता भनेको पूर्ण सुरक्षाको प्रत्याभूति हो । सेक्युरिटीका लागि आवश्यक सम्पूर्ण प्रडक्ट स्टार्टअप्स ब्राण्डमा उपलब्ध छ । देशभरको बजारमा यो ब्राण्ड लोकप्रिय रहेको हामीले महसुस गरेका छौं ।

स्टार्टअप्स बाहेक मुइन इन्टरनेशनल प्रालिसँग वाइटेक, एबरसेफ ब्राण्ड पनि नेपाली बजारमा बिक्री भइरहेको छ । नेटवर्कका क्षेत्रमा काम गर्नेगरी वाइटेक ब्राण्ड नेपाली बजारमा उपलब्ध गराएका हौं । एबरसेफ ब्राण्ड अग्नी सुरक्षाका लागि प्रयोग हुन्छ ।

अर्को ब्राण्ड युनिभ्युलाई नेपाली बजारमा हामीले ल्याउँदैछौं । केही समयभित्रै यो ब्राण्ड नेपाली बजारमा बिक्री वितरण हुनेछ । यो अन्तर्राष्ट्रिय ब्राण्ड नेपाली बजारमा भित्रिएसँगै सिसी क्यामरा प्रयोगकर्ताहरुको धेरैको रोजाईमा पर्ने हामीले विश्वास लिएका छौं । सडक प्रयोजनका लागि यो ब्राण्ड विश्वमा धेरै प्रयोग हुने गरेको छ ।

You might also like

Comments are closed.