नेपाली युवा उद्यमी मञ्च पोखरामा पुनित वैद्य

आर्थिक आवाज
पोखरा । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) पोखराको अध्यक्षमा पुनित वैद्य निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न १५औं साधारणसभा तथा दसौं अधिवेशनले उनको नेतृत्वमा सर्वसम्मत समिति चयन गरेको हो ।

मञ्चको निवर्तमान अध्यक्षमा वैभव पौडेल, प्रेसिडेन्ट इलेक्टमा सुनिलबहादुर भट्टराई, प्रेसिडेन्ट नोमिनीमा सुयास मल्ल, प्रोग्राम चियरमा निरन केसी, फाइनान्स चियरमा इन्जिनियर विशेष थापा निर्वाचित भएका छन् । कार्यसमिति सदस्यमा मीलन केसी, सूर्यप्रसाद बराल, विनय थापा, समेज राजभण्डारी, निकेश द्वा र इन्जिनियर सरोज कायस्थ छन् ।

jutta mela

सम्पूर्ण युवा उद्यमीहरुको साथ र सहयोग लिएर कार्यकाललाई सफल बनाउने नवनिर्वाचित अध्यक्ष वैद्यले प्रतिबद्धता व्यक्त गरे । कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई निबर्तमान अध्यक्ष वैभव पौडेलले धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा मञ्चका केन्द्रीय अध्यक्ष निकोलस पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले युवा उद्यमीहरुको भूमिका तथा उद्यमशीलताको सम्भावना र अवसरका बारेमा धारणा राखेका थिए ।

You might also like

Comments are closed.