नेपाल उद्योग वाणिज्य महासंघमा गिरीलाई जिताउन चुनावी अभियान सुरु

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा केन्द्रीय सदस्यमा उम्मेदवार दिन लागेका बाबुराम गिरीको चुनावी अभियान सुरु भएको छ । लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गिरीले महासंघमा गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्दैछन् ।

लेखनाथ उद्योग वाणिज्य संघले सर्वसम्मत निर्णय गरी गिरीलाई केन्द्रीय सदस्यको उम्मेदवार बनाउने निर्णय गरेसँगै चुनावी अभियान सुरु गरिएको संघका अध्यक्ष बलराम ढकालले जानकारी दिए । पोखरा उद्योग वाणिज्य संघको टोलीसँग सोमबार बिहान छलफल तथा भेटघाट गरी चुनावी अभियान सुरु गरिएको हो ।

आफूलाई केन्द्रीय सदस्य बनाउन पोखरा उद्योग वाणिज्य संघबाट सकारात्मक प्रतिक्रिया आएको र सहयोगका प्रतिबद्धता पाएको गिरीले आर्थिक आवाजलाई जानकारी दिए । ‘चुनावी अभियान सुरु भएको छ,’ गिरीले भने, ‘अब प्रदेशका सम्पूर्ण उद्योग वाणिज्य संघहरुमा पुग्छौं ।’

You might also like

Comments are closed.