नेपाल बैंकमा रोजगारीको अवसर, ५६३ जना कर्मचारी माग

पोखरा । नेपाल बैंक लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । बैंकले विभिन्न पदमा गरी एकैपटक ५ सय ६३ जना कर्मचारी माग गरेको छ ।

छैठांै तहको सहायक प्रवन्धक पदमा मात्र १ सय २६ जनाले रोजगारी पाउनेछन् । बैंकले शाखा कार्यालयका लागि ४ सय २२ जना कर्मचारी माग गरेको छ । योग्यता पुगेका आवेदकले असोज १९ गतेसम्म अनलाइन आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।

You might also like

Comments are closed.