नेपाल बैंक गण्डकी प्रदेशद्वारा कोरोना कोषमा सहयोग

लकडाउनमा पृथ्वीचाक र तेर्सापट्टी शाखाबाट सेवा

पोखरा । गण्डकी प्रदेश सरकारले तयार गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा नेपाल बैंक लि. प्रादेशिक कार्यालय गण्डकी प्रदेशले सहयोग गरेको छ । प्रादेशिक कार्यालयको तर्फबाट ५ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो ।

बैंकका प्रादेशिक कार्यालय प्रमुख विनय केशरी पौड्यालले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बिहीबार उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा कोषमा सहयोग गरिएको पौडेलले जानकारी दिए । संघीय सरकारको कोषमा बैंकको केन्द्रीय कार्यालयबाट यस अगाडि १ करोड रुपैयाँ सहयोग भइसकेको छ ।

jutta mela

गण्डकी प्रदेशमा नेपाल बैंकका २३ वटा शाखा, १७ वटा एटिएम र ५ वटा एक्स्टेन्स काउन्टर छन् । ‘सरकारी कारोबारसहित विभिन्न अत्याधुनिक बैंकिङ सुविधाहरु प्रदान गर्दै आइरहेका छौं,’ पौडेलले भने, ‘आगामी दिनमा बैंकले थप शाखाहरु विस्तार गर्नेछ ।’

लकडाउनमा पृथ्वीचाक र तेर्सापट्टी शाखाबाट सेवा

कोरोना संक्रमणका कारण मुलुक लकडाउन भएपछिको अवस्थामा पनि नेपाल बैंकले पोखरामा बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । पोखराको पृथ्वीचोक र तेर्सापट्टी शाखाबाट आलोपालो गरी सेवा प्रदान गरिरहेको पृथ्वीचोक शाखाका प्रवन्धक निलुजा श्रेष्ठले जानकारी दिइन्् ।

You might also like

Comments are closed.