नेपाल वितरण महासंघ गण्डकी संयोजकमा अनिल श्रेष्ठ

आर्थिक आवाज
पोखरा । नेपाल बितरक महासंघ (फेडान)को गण्डकी प्रदेश संयोजकमा अनिल श्रेष्ठ मनोनित भएका छन् ।

शनिबार नारायणगढमा सम्पन्न केन्द्रीय कमिटीको बैठकद्वारा प्रदेश संयोजकहरु चयन गरिएको महासचिव हरिराज पन्तले जानकारी दिए । गण्डकी प्रदेश संयोजकमा मनोनित श्रेष्ठ नेपाल वितरण संघ पोखराका वरिष्ठ उपाध्यक्षसमेत हुन् ।

यसैगरी १ नं. प्रदेश संयोजकमा टंक खनाल, २ नं. प्रदेश संयोजकमा प्रदीप कुमार गुप्ता, ३ नं. प्रदेश संयोजकमा विजय कुमार श्रेष्ठ, ५ नं. प्रदेश संयोजकमा निष कुमार जोशी मनोनित भएको पन्तले जानकारी दिए ।

You might also like

Comments are closed.