नेपाल संवत ११४० को स्वागतार्थ पोखरामा भिन्तुना ¥याली निकालिने

 

पोखरा । नेपालीहरुको मौलिक सम्वत नेपाल सम्वत ११४० को स्वागतार्थ पोखरामा आउँदो कात्तिक १२ गते मंगलबार बृहत भिन्तुना ¥याली निकालिने भएको छ । नेवा खलः कास्कीको आयोजना तथा नेवा कचा खल नया सडक र नेवा मिसा पुचः नयाँसडकको संयुक्त ब्यबस्थापनमा न्हुँ दया भिन्तुना ¥याली निकाल्ने तयारी भएको हो ।

नेपालीको महान पर्व तिहार (दीपावली) अन्र्तगतको नेवारी समुदायमा प्रचलित म्हः पुजाको दिनदेखी नेपाल सम्वत (नयाँ बर्ष) प्रारम्भ हुने हुँदा उक्त दिन विहान ८ बजे हरेक बर्ष जस्तै यस बर्ष पनि पोखरामा विभिन्न जातजातिका झाँकीसहित ¥याली निकाल्ने तयारी गरिएको नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए । यसअघी गोबद्र्धन पूजाको दिन न्हुँ दया भिन्तुना ¥याली निकालिने गरिएपनि यस वर्ष भाइटीकाको दिन नै ¥याली निकालिन लागेको हो ।

jutta mela

नेपाल पञ्चाङ्ग निर्णायक समितिले विवादास्पद निर्णय गरेका कारण भिन्तुना ¥याली भाइटीकाको दिन परेजस्तो देखिएपनि नेवारी परम्परा अनुसार भने ठीक रहेको नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले बताए । उनले नेपाल सम्वतको क्यालेण्डर र नेवारी परम्परा अनुसार ११ गते लक्ष्मी पूजा, १२ गते म्हः पूजा र न्यू दया भिन्तुना र १३ गते किजा पूजा भएकाले सोहि अनुसार गर्न कास्केली नेवारीलाई आह्वान पनि गरेका छन् । नेपाल सम्वतको क्यालेण्डर अनुसार नै भिन्तुना ¥याली कात्तिक १२ गते निकाल्न लागिएको उनले बताए ।

¥याली पोखरा महानगरपालिका अगाडिबाट शुरु भई चिप्लेढुंगा, महेन्द्रपुल, पालिखेचोक, तेर्सापट्टी, नालामुख, भीमसेनटोल हुँदै नेवा छेँ भवनमा पुगेर शुभकामना आदानप्रदान कार्यक्रममा परिणत हुनेछ । समापन कार्यक्रम नेवा कचा खल महेन्द्रपुल, महेन्द्रपुल तायमचा नाच समिति र महेन्द्रपुल मिसा पुचःको संयुक्त ब्यबस्थापनमा हुने अध्यक्ष पालिखेले बताए । ¥यालीमा सम्पूर्ण जातजातिहरुलाई आ–आफ्नो भेषभुषामा सहभागी भई मौलिक संवत नेपाल संवतको प्रचार प्रसारमा सघाउन पनि आयोजकले आग्रह गरेको छ । ¥यालीमा नेवार समुदाय बाहेक, गुरुङ, मगर, थकाली, ब्राह्मण, क्षेत्रीलगायतका जातजातिहरुको सहभागिता रहने अध्यक्ष पालिखेले बताए ।

भिन्तुना ¥यालीको पूर्व सन्ध्यामा रक्तदान कार्यक्रम आयोजना गरिने पालिखेले जानकारी दिए । नेपाल सम्वतको अघिल्लो दिन कात्तिक ११ गते विहान भैरव सांस्कृतिक संरक्षण समिति, नेवा कचा खल भैरवटोल र भैरव लायन्स क्लवको आयोजनामा रक्तदानसहित शुभकामना आदानप्रदान कार्यक्रम हुने उनले बताए ।

नेपालको मौलिक सम्वतका रुपमा रहेको नेपाल सम्वत राष्ट्रिय विभुती शंखधर साख्वाले चलाएका हुन् । साख्वाले तत्कालिन नेपाल भनेर चिनिने काठमाडौ, ललितपुर र भक्तपुरका जनताको ऋण तिररे नेपाल सम्वत चलाएका हुन् । सरकारले नेपाल सम्वतका प्रवर्तक साख्वालाई विक्रम सम्बत २०५५ सालमा राष्ट्रिय विभूति घोषणा गरेको थियो । नेपाल सम्वत् नेपालमै प्रादूर्भाव भएको मौलिक सम्वत हो ।

You might also like

Comments are closed.