पोखरा, २७ असार ।
कास्की जिल्ला टेनिस संघको नियमित कार्यक्रम मन्थ्ली टेनिस अन्तर्गत नेप्लीज इन्काउण्टर पोखरा भेट्रान्स ओपन बुधबारदेखि पोखरा रंगशालामा शुरु भएको छ ।
नेप्लीज इन्काउण्टरका प्रोपाइटर नारायण पहारीले एक समारोहका विच प्रतियोगिता निर्देशक प्रदिप खड्कालाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे । सो अवसरमा बोल्दै कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष समेत रहेका पहारीले मन्थ्ली टेनिसले पोखराको टेनिस विकासमा उल्लेख्य योगदान पु¥याएको बताए ।
प्रतियोगिताको उद्घाटन खेलमा नविन श्रेष्ठले विष्णु गुरुङलाई ६–४, ६–२ ले तथा शिव सुवेदीले प्रकासराज वाग्लेलाई ६–४, ७–६ को सेटमा पराजित गरे । अन्य खेलहरुमा राजेन्द्र महर्जनले दिल गौतमलाई ६–२, ६–२ ले पराजित गरे भने बिरेन्द्र लामाले सुनिल श्रेष्ठलाई वाकओभर दिए ।
आगामी ३१ गते सम्म सञ्चालन हुने प्रतियोगितामा ३५ वर्ष माथिका १८ खेलाडीहरु सहभागी छन् ।
Comments are closed.