न्युरोडको एस. एण्ड एस. कम्प्लेक्स र महेन्द्रपुलको नोभा कम्प्लेक्समा घर भाडा छुट

पोखरा । पोखराको न्युरोडस्थित एस एण्ड एस कम्प्लेक्स र महेन्द्रपुल नोभा कम्प्लेक्सको भाडामा चैत महिनाका लागि ५० प्रतिशत छुट दिने घोषणा घरेभेटीले गरेका छन् । घरभेटी सुरेन्द्रप्रसाद शेरचन, रमा शेरचन, सुमेश शेरचन, शवी सेरचन र सन्तोष शेरचनले घरभाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेका हुन् ।

घरभेटी

पछिल्लो समय कोरोना भाइरसका कारण सम्पूर्ण देश नै लकडाउनको अवस्थामा पुगेकाले भाडामा बस्ने तथा व्यवसाय गर्नेहरुलाई राहत होस् भनेर यस्तो निर्णय गरिएको घरभेटी शवी शेरचनले जानकारी दिइन् । ‘यो अवस्थामा राहतको अवस्था छ,’ उनले भनिन् ।

jutta mela

 

You might also like

Comments are closed.