न्यु सुजुकी वागनआर पोखरामा

आर्थिक आवाज

पोखरा, ४ वैशाख । पोखरामा न्यु सुजुकी वागनआर सार्वजनिक भएको छ । बतास ब्रदर्श प्रा.लि.का डेपुटी जनरल म्यानेजर विश्वमणि भण्डारी र सिइओ राजेश रानाभाटले बुधबार एक समारोहकाबीच वागनआर सार्वजनिक गरेका हुन् ।

सुधारिएको स्पेश, कम्फोर्ट, नयाँ जमना अनुसारको इन्फोटेनमेन्ट सिस्टम तथा अत्याधुनिक के सिरिज इन्जिनका कारण इन्धन किफायत हुनुका साथै चलाउदा पनि सहज हुन्छ । ४० प्रतिशत उच्च टेन्सिल स्टिलको प्रयोग गरिएको हुँदा बलियो र सुरक्षित छ । नयाँ वागनआरमा बलियो, आकर्षक, बस्नको लागि धेरै ठाउँ, स्कमर्ट प्ले स्टुडियो र प्लाटफर्म रहेकाले ग्राहकको रोजाईमा पर्ने कम्पनीको दावी छ ।

कार्यप्रर्दशनको लागि यसमा १ एल तथा नयाँ ठुलो वागनआरमा १.२ एलको इन्जिन छ । २१.५ किलोमिटर प्रति लिटर तथा २२.५ किलोमिटर प्रतिलिटर यात्रा गर्न सकिन्छ । बोल्ड एक्सटेरियर डिजाइन, डाइनामिकल्ली क्राफ्टेड इन्टेरियर्स, उच्च प्रविधिको प्रयोग गरी बनाइएको र सुरक्षित तथा बलियो लगायतका विशेषता यसका छन् । यसको मूल्य २४ लाख ९९ हजार, २६ लाख ९९ हजार र २७ लाख ९९ हजार रहेको बताइएको छ ।

You might also like

Comments are closed.