न्यू्–डायमण्ड र पुलिस फाइनलमा भिड्ने

पोखरामा जारी राष्ट्रिय महिला भलिवल प्रतियोगिताको उपाधिको लागि यू–डायमण्ड एकेडेमी काठमाडौं र विभागीय टोली नेपाल पुलिस क्लव आमनेसामने हुने भएका छन् । नव आदर्श सामुदायिक विकास समाज लामाचौर पोखराको ‘लामाचौर तीज महोत्सव’ को अवसरमा पोखराको लामाचौरमा आयोजना भएको राष्ट्रिय महिला भलिवल प्रतियोगितामा आइतबार दुबैले सेमीफाइनलमा जित निकाल्दै उपाधि भिडन्त पक्का गरेका हुन् । उपाधि भिडन्त सोमबार (आज) दिउँसो २ बजेदेखि हुने आयोजक नव आदर्श सामुदायिक विकास समाजले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत आइतबार भएको सेमीफाइनल खेलमा न्यू–डायमण्डले गण्डकी प्रदेश तथा नेपाल पुलिस क्लवले श्रीराम खेलकुद विकास समिति दाङलाई समान सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरे । पहिलो सेमिफाइनल खेलमा न्यू–डायमण्डले घरेलु टिम गण्डकी प्रदेशलाई २५—१८, २५—२० र २५—१९ को सोझो सेटमा पराजित ग¥यो ।

सिपोरा गुरुङ र प्रतिभा मालीसहित मैदानमा उत्रिएको न्यू–डायमण्ड सामु घरेलु टोली गण्डकी प्रदेश निरिह देखियो । सिपोरा हालैमात्र न्यू–डायमण्डमा समावेश भएकी हुन् ।

jutta mela

दोश्रो सेमीफाइनल खेलमा विभागीय नेपाल पुलिस क्लवले श्रीराम खेलकुद विकास समिति दाङलाई २५–११, २५–७, र २५–६ को सोझो सेटमा पराजित गर्दै फाइनलमा यात्रा सुनिश्चित ग¥यो ।

यसअघी गण्डकी प्रदेश समूह ‘ए’ को बिजेता र श्रीराम खेलकुद विकास समिति दाङ उप–बिजेता तथा नेपाल पुलिस क्लव समूह ‘बी’ को बिजेता र न्यू–डायमण्ड समूह ‘बी’ को उप–बिजेता बन्दै सेमीफाइनल प्रवेश गरेका थिए ।

सेमीफाइनल खेलअघी शनिबार स्थगित खेलहरु खेलाइएको थियो । शनिबार स्थगित न्यू–डायमण्ड र नेपाल पुलिस क्लव बिचको खेलमा पुलिसले ३÷२ को सेटमा जित हालिल ग¥यो । पुलिसले न्यू–डाईमण्डलाई ३२–३०, २५–२२, १५ –२५, २४–२६ र १५ –५ को सेटमा पराजित गरेको होे । शनिबार नै स्थगित अर्को खेलमा गण्डकी प्रदेशले श्रीराम खेलकुद विकास समिति दाङलाई २५–२१, २३–२५, २५–१७, २५–१९ को सेटमा पराजित ग¥यो । लिग चरणको खेलमा नेपाल पुलिस क्लवले चितवन टाइगर्सलाई २५–२०, २५–१८ र २५–१२ को सोझो सेटमा हरायो । लिग चरणकै अर्को खेलमा श्रीराम खेलकुद विकास समिति दाङले पारामाउण्ट ईंग्लिस बोर्डिङ स्कुल काठमाण्डौंलाई २५–१७, २०–२५, २५–२३ र २५–२१ को सेटमा पन्छायो ।

You might also like

Comments are closed.