पछिल्लो २४ घण्टामा थपिए १२४६ कोरोना संक्रमित, १२४३ डिस्चार्ज

काठमाडौं ।
नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । यस सँगै संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ४३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ४२ हजार ९ सय ४९ जना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.