पत्रकार गिरीको रिहाईको माग गर्दै तनहुँका पत्रकार धर्नामा

तनहुँ ३ बैशाख
पोखराका पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दे नेपाल पत्रकार महासंघ तनहुँ शाखाले मंगलबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ ।  साइबर क्राइमको मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को हिरासतमा रहेका पत्रकार गिरीको रिहाईको माग गर्दै तनहुँका पत्रकारहरुले प्रशासनमा ४ बजे देखि ५ वजे सम्म धर्ना दिएका हुन् ।

धर्नापछि आयोजित विरोध कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्यले समाचार लेखेको भरमा विद्युत कारोबार ऐन अन्तर्गत मुद्धा दर्ता गरेर पत्रकार गिरीलाई गिरफ्तार गरिनु निन्दनीय भएको बताए संविधानमा पूर्ण प्रेस स्वतन्त्रको प्रत्याभूत गराएपनि व्यवहारमा विभिन्न वाहाना पत्रकारमाथी अंकुश लगाउने काम भइरहेको उनले बताए । साथै नियन्त्रणमा लिइएका गिरीलाई तत्काल रिहाईको माग राख्दै आचार्यल रिहा नगरे अन्य आन्दोलनमा उत्रिने बताए ।

त्यस्तै महासंघका निवर्तमान अध्यक्ष डम्बर अधिकारीले सरकारले जति सुकै प्रेस स्वतन्त्रताको दुहाई दिए पनि प्रेस प्रति कर्के नजरले हेर्ने गरेको आरोप लगाए । डनवाद र धनवादका विरुद्ध पत्रकारहरु शसक्त रुपमा उत्रिनु पर्ने बेला आएको छ, अधिकारीले भने । ।

jutta mela

कार्यक्रममा प्रदेश सदस्य गोरा मियाँले ‘पत्रकारहरुलाई नियमन गर्ने आधिकारिक निकाय प्रेस काउन्सिलको त्रुटीले पत्रकार हिरासतमा बस्नुपर्ने अवस्था सिर्जना हुनु लाजमर्दो भएको टिप्पणी गरेका थिए । त्यस्तै महासंघका उपाध्यक्ष नारायण खड्का , सचिव उज्वल पौडेल लगायतले पत्रकार गिरीको तत्काल रिहा नगरे पत्रकारले थप आन्दोलनका कार्यक्रमहरु ल्याउने चेतावनी दिएका थिए ।

गिरीले केही दिन अगाडि ‘ठग ! बदमास विपेन्द्रराज बतास’ भन्दै लेखेको समाचारलई आधारमा बनाएर बतासले सिआइबीमा गिरीविरूद्ध साइबर क्राइमको मुद्दा हालेका थिए । विपिन वताश (विपेन्द्रराज वताश) ले पोखराका दुई व्यवसायी जनकराज पहारीको २ करोड २५ लाख रुपैयाँ र मनोज श्रेष्ठको १ करोड ९८ लाख रुपैयाँ गरि ४ करोड २३ लाख रुपैयाँ ठगि गरेको गिरीले लेखेको समाचारमा उल्लेख छ ।

श्रेष्ठ र पहारीले बतासबाट आफ्नो पैसा उठाइदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएपछि गिरीले आफु आवद्ध ताण्डव पत्रिका र अनलाइन ताण्डब न्यूज डटकममा समाचार लेखेका थिए । गिरीलाई साइबर अपराध सम्बन्धी मुद्दामा मंगलबार जिल्ला अदालत काठमाडौंले ३ दिन म्याद थप गरी थुनामा राख्ने आदेश गरेको छ ।

You might also like

Comments are closed.