पत्रकार महासंघ कास्कीद्वारा मिडिया अनुगमन सुरु

 

पोखरा २८, कात्तिक ।

नेपाल पत्रकार महासंघ कास्की शाखाले मंगलबारदेखि कास्कीमा मिडिया अनुगमन सुरु गरेको छ । कास्कीमा रहेका पत्रकार तथा विभिन्न संचार माध्यमको अबस्था बारे जानकारी लिदै पत्रकारको न्यूनतम पारिश्रमिको अबस्था बुझ्न र न्यूनतम पारिश्रमि लागु गर्न दबाव दिन पनि महासंघले मिडिया हाउसमा अनुगमन गरिएको महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।

मंगलबार कास्कीका विभिन्न १३ वटा संचार माध्यमहरुमा पुगेर टोलीले मिडिया हाउस र पत्रकारको न्यूनतम पारिश्रमिको अबस्था बारे जानकारी लिएको अध्यक्ष श्रेष्ठले जनाए । अनुगमन गर्दा केहिमा राम्रो, केहिमा सन्तोषजनक र केहिमा सुधार गर्नुपर्ने अबस्था देखिएको उनले बताए । महासंघले नियमित अनुगमन गर्दै सरोकारवाला पक्षहरुसंग एकै ठाँउमा राखेर पनि छलफल तथा अन्तरकृया समेत गर्ने अध्यक्ष श्रेष्ठले जनाए । पत्रकारको न्यूनतम पारिश्रमि लागु गर्न सहजीकरण गर्न पनि महासंघ तयार रहेको उनले जनाए ।

अनुगमन समितिका संयोजक एंव महासंघ कास्कीका पुर्व अध्यक्ष पुण्यप्रसाद पौडेलको संयोजकत्वमा टोलीले अनुगमन गरेको हो । टोलीमा महासंघ कास्की शाखाका अध्यक्ष श्रेष्ठ सहित महासंघका केन्द्रिय सदस्य एवं कास्की सल्लाहकार रामकृष्ण ज्ञवाली, सल्लाहकार द्धय वद्रीविनोद प्रतिक र रमेश पौडेल, महासंघ कास्की शाखाका सचिव रामप्रसाद तिमिल्सिना, सहसचिव दीननाथ बराल, सदस्य प्रकाश ढकाल, सुरज श्रेष्ठ, पत्रकार भरत कोईराला लगायतको सहभागिता रहेको थियो । टोलीले समाधान, पोखरापत्र, आर्दश समाज र हिमदुत राष्ट्रिय दैनिक पत्रिकामा अनुगमन गरेको हो । त्यसै गरी टोलीले फेवा टेलिभिजन, गण्डकी, गोल्डेन आई र पोखरा टेलिभिजनमा अनुगन गरेसंगै पोखराका ५ वटा एफ. एफ.मा समेत अनुगमन गरेको हो । टोलीले रेडियो अन्नपुर्ण, तरङ्ग, गण्डकी, थ्रि–एन्जल र रेडियो बाराहीमा समेत अनुगमन गरेको हो ।

lcci
You might also like

Comments are closed.