पदयात्रा पर्यटन लक्षित आर्थिक सहयोग

पोखरा, २२ बैशाख
ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संङघले पदयात्रा पर्यटनलाई लक्षित गरि एक लाख ७० हजार रुपैया आर्थिक सहयोग गरेको छ ।संङघले पर्यटकीय स्थल विरेठाँटी–तमु–मोहोरीया–टाडापानी हुँदै हिडन लेक पुग्ने पदयात्रामार्गको विकासका लागि एक लाख ५० हजार रुपैया सहयोग गरेको हो ।

त्यस्तै उक्त पदमार्ग क्षेत्रको सरसफाईलाई लक्षित गरि विरेठाँटी आमा समुह र विरेठाँटी युवा क्लवलाई १०। १० हजार रुपैया सहयोग गरियो । विरेठाँटीमा आईतवार आयोजित एक समारोहका बीच संघका अध्यक्ष हरि भुजेलले उक्त सहयोग रकम हस्तान्तरण गरे ।

कार्यक्रममा अध्यक्ष भुजेलले पदयात्रा पर्यटन नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्ने बताउँदै यसको विकास र संरक्षणका लागि सरकारको सहयोग आवश्यक रहेको बताए ।जथाभावि बाटो खन्ने नाममा पदमार्गहरु मासिदै गएको बास्ताविकतामा यिनीहरुको संरक्षण आवश्यक रहेकोमा जोड दिंदै उहाँले बैकल्पिक पदमार्गको विकासलाई पनि संगसंगै लैजानुपर्ने धारणा व्यक्त गरे ।

jutta mela

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले रमणीय दृष्यावलोकन सहित पदयात्रा गर्न पाउँनु पर्यटकका लागि महत्वपूर्ण पक्ष भएको बताउँदै पदयात्राका साथै खाने बस्ने ठाउँ र सुरक्षाको प्रत्याभूति आवश्यक भएको उल्लेख गरे ।सञ्चालित पदमार्गको संरक्षण र विकासका साथै बैकल्पिक पदमार्गको खोजि एवम् प्रवद्र्धन कार्यलाई गाउँपालिकाले प्राथमिकतामा राखेको उनले बताए ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नं. ८ अध्यक्ष विजय गुरुङ, पदयात्रा निर्माण समितिका अध्यक्ष रामप्रसाद ढुङ्गाना, विरेठाँटी आमा समूहका अध्यक्ष विष्णुमाया गुरुङ, विरेठाँटी युवा क्लवका अध्यक्ष चन्द्रमान गुरुङ, संघका सचिव जीवन सापकोटा लगायतले पदयात्रा पर्यटनलाई व्यवस्थित गर्न सके यसले स्थानीय जनस्तर अघि बढाउने धारणा व्यक्त गरे ।

You might also like

Comments are closed.