पब डान्सिङ वोटमा फच्र्यून पार्टी हुँदै

आर्थिक आवाज
पोखरा, १५ पुस

पोखरा हल्लनचोकमा रहेको पब डान्सिङ बोट रेष्टुरेण्ट एण्ड बारमा फच्र्युन पार्टी हुने भएको छ । अंग्रेजी नयाँ वर्षको स्वागतार्थ न्यू इयर इभको दिन र जनवरी १ को दिन न्यू इयर स्पेसल लाइभ म्यूजिकमा ‘फच्र्युन पार्टी’ हुने भएको हो । राती ८ बजेदेखी मध्यरात साढे १२ बजेसम्म कार्यक्रम हुने पब डान्सिङ बोट रेष्टुरेण्ट एण्ड बारका सञ्चालक भीष्मराज पौडेलले जानकारी दिए ।

कार्यक्रममा भारतका चर्चित गायक ललित सिंह र यु.एन.वि. ग्रुपले प्रस्तुती दिनेछन् । रक, मेटल पपमा पोख्त उनीहरुले नेपाली, हिन्दी र अंग्रेजी गीतहरु गाउनेछन् । उनीहरु पोखरामा पहिलोपटक गुञ्जिदै छन् भने नेपालमा दोश्रो पटक । कार्यक्रममा प्रवेश शुल्क ५ सय तोकिएको बार सञ्चालक भीष्मराज पौडेलले बताए ।

कार्यक्रममा काल्र्सबर्ग, जोह्नी वाकर, रुस्लान र ग्राण्ड मास्टरको प्रायोजन रहेको छ ।

You might also like

Comments are closed.