पर्यटकीय स्थल मानहुँमा रेलिङ निर्माण

तनहुँ, ४ असार

तनहुँको व्यास–५ स्थित पर्यटकीय स्थल मानहुँडाँडाको छेउमा रेलिङ निर्माण गरिएको छ । मानहुँमा आउने पर्यटकको सुरक्षालाई मध्यनजर गर्दै रेलिङ निर्माण गरिएको वडा अध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । भिरालो जमिनका कारण कुनै अप्रिय घटना नहोस् भनेर नगरपालिकाको २५ लाख र वडाको ५ लाख बजेटबाट डाँडाको छेउमा रेलिङ निर्माण गरिएको उनले जानकारी दिए । साथै रेलिङ राख्नुको अर्को कारण मानहुँको सुन्दरता बढाउन पनि हो, श्रेष्ठले भने । ५ महिनाअघि समितिमा निर्णय भइ एक महिना अघि सुरु भएको रेलिङ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

मानहुँडाँडा आफैँमा प्राकृतिक दृश्यावलोकन स्तम्भ (भ्युटावर) भएको बताउदै श्रेष्ठले यसको सुन्दरता बढाउन विभिन्न प्रजातीका फुलको विरुवा रोप्ने, पर्यटकहरु विश्राम गर्न मिल्ने पार्कको निर्माण गर्ने लगायत त्यस क्षेत्रको समग्र विकासका लागी नगरपालिकाको अगामी बजेटबाट १ करोड माग गरेको जानकारी दिए ।

jutta mela

अहिले मानहुँ आउने पर्यटकहरुको संख्या वृद्धि भएको छ । केही समय अघि आन्तरिक पर्यटकहरुको मात्र रोजाइमा पर्ने गरेको मानहुँकोटमा हाल बाह्य पर्यटकले हाइकिङका लागी रोज्ने गरेको श्रेष्ठले बताए । पर्यटकहरु मानहुँ पैदाल पुग्न रुचाउने गरेको उनको भनाई छ । सोही कुरालाई मध्यनजर गर्दै मानुहुँ पुग्न मोटरमार्ग भन्दा पैदल मार्गलाई जोड दिइएको श्रेष्ठ बताउछन् । वडा कार्यालयले यस वर्ष अलैंचेसम्म पैदल मार्ग विस्तार गरी सकेको छ भने केही समय भित्रै मानहुँ पैदाल मार्गको नाम दिएर कोटसम्मै पैदाल मार्ग व्यवस्थित गरिनेछ ।

मानुहुँ पुग्ने बाटो कालेपत्रे कार्य धामाधम भइरहेको छ । कालोपत्रेका लागी अहिले नाला निर्माण र सडक गे्रडिङको कार्य भइरहेको छ । संघीय सरकारको ७ करोडको बजेटबाट कालोपत्रे सुरु गरिएको श्रेष्ठले बताए ।

अबको १२ महिना भित्रै कालोपत्रे सम्पन्न गर्ने गरी काठमाडौँको रानीबार कन्स्ट्रक्सन प्रालिले जिम्मा लिएको सडक निर्माण कार्य धमाधम भइरहेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार ६.५ किलोमिटरको मानहुँ मोटरमार्ग १.५ किलोमिटर अघिल्लो वर्ष कालोपत्रे भइसकेको छ भने बाँकी यस वर्ष सकिनेछ ।

७५ प्रतिशत नाला निर्माणको कार्य सम्पन्न भइसकेको छ भने ८० प्रतिशत बाटो गे्रडिङको कार्य सकिएको श्रेष्ठले जानकारी दिए ।

बाटोको काम अगाडि बढ्न थालेपछि आफ्नो सम्पुर्ण ध्यान खानेपानीको व्यवस्था गर्न लगाएको श्रेष्ठले बताए । मानुहुँको मुख्य समस्या बाटो र पानी हो यो दुबै समस्या आगामी आर्थिक वर्षसम्म समाधान हुन्छ, उनले भने ।

You might also like

Comments are closed.