पर्यटक बोलाउन पर्यटन मन्त्रीसहितको टोली पूर्व जाँदै

आर्थिक आवाज
पोखरा । आन्तरिक पर्यटन भ्रमण वर्षमा पर्यटक बोलाउन गण्डकी प्रदेशको टोली पूर्व जाने भएको छ । प्रदेश सरकारले आन्तरिक पर्यटन भ्रमण वर्षलाई सफल बनाउने भन्दै असोज ९ देखि १६ गतेसम्म देशका पूर्वी क्षेत्रमा प्रवद्र्धनात्मक अभियान लिएर जान लागेको हो । टोलीमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालसहित पर्यटन व्यवसायी, कर्मचारी, पत्रकार र कलाकारसहितको ५० जनाको टोली पूर्व जाने जनाइएको छ ।

१५ लाख आन्तरिक पाहुना भिœयाउने लक्ष्यसहित गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई ‘आन्तरिक पर्यटन वर्ष’ घोषणा गरेको थियो । तर, सन् २०१९ सकिन झन्डै साढे ३ महिना मात्र बाँकी छँदा प्रदेश सरकार बल्ल प्रवद्र्धनात्मक अभियानमा जान लागेको हो । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले केही ढिलाई भएपनि पर्यटनमा सकारात्मक माहोल सिर्जना गर्नका लागि प्रवद्र्धनात्मक गतिविधि गर्न अभियानमा जान लागेको बताए ।

पर्यटक बोलाउन पूर्व जाने टोलीले गण्डकी प्रदेशमा आउने पर्यटकका लागि भनेर विशेष प्याकेज घोषणा गर्ने भएको छ । प्रवद्र्धनमा जान लागेको टोलिले पोखराका पर्यटकीय प्रोडक्टको छुट सहितको प्याकेज घोषणा गर्ने मन्त्री लम्सालले जानकारी दिए । उनका अनुसार होटलमा १५, रेस्टुरेन्टमा १०, साहसिक गतिविधिमा १०, यातायातमा १५, पदयात्रामा १० प्रतिशत छुट पनि दिइने उनले बताए । ‘हामीले आन्तरिक पर्यटक उकास्न यो प्रयास गरेका हौ,’ उनले भने, ‘प्रदेशभित्रका ११ जिल्लाकै फरक फरक प्याकेज बनाएर आन्तरिक पाहुनालाई उपलब्ध गराउने योजना छ ।’ यो अभियान चलाउँदा झन्डै ३६ लाख रुपैयाँ खर्च हुने उनले बताए ।

jutta mela

गण्डकी प्रदेशमा आन्तरिक पाहुना आउन चाहेपनि कनेक्टिभिटी सारै नै कमजोर रहेको उनले बताए । ‘आन्तरिक हवाई सेवा निकै नै कमजोर छ । स्थलमार्ग पनि सुधार हुन सकेको छैन,’ उनले भने, ‘पूर्वाधार हुने र सहज आउजाउ हुने हो भने यस्ता अभियान स्वतः सफल हुन्छन ।’ आन्तरिक पर्यटकको गतिविधि बढाउनकै लागि पोखरादेखि सिमरा र विराटनगरसम्म सिधा हवाई उडान संचालन गर्ने योजना पनि बनाएको मन्त्री लम्सालले जानकारी दिए ।

पोखराका पर्यटन व्यावसायीले ढिलो भएपनि प्रवद्र्धनात्मक अभियान सञ्चालन हुनु राम्रो भएको बताएका छन् । योजना ल्याउने, तर, कार्यन्वयन पक्ष निकै नै विलम्ब गर्ने बानीले पर्यटनमा असर पर्ने भन्दै उनीहरुले अभियानलाई प्रभावकारी बनाउन जरुरी रहेको बताए । पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटाले भने,‘केही नहुनु भन्दा यतिबेलाको अभियान पनि राम्रै हो । यसलाई सबै मिलेर सफल बनाउनुपर्छ ।’
चाँडबाँडको बेला परेकोले यतिखेर सबैभन्दा बढी आन्तरिक पाहुना घुम्न निस्कन्छन् । यही समय पारेर प्रवद्र्धनात्मक कार्यक्रम गर्दा यसको सकारात्मक प्रभाव देखिने भएपनि यसको वास्तविक परिणाम आगामि वर्ष मात्र देखिने उनको भनाई छ ।

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष चिरञ्जीवी पोखरेलले प्रदेश सरकारले केही नगरेको अवस्थामा यत्तिको तयारीलाई पनि सकारात्मक मान्नुपर्ने बताए । ‘चाँडबाँडको बेला भएकोले यसले केही सन्देश दिन सक्छ । आन्तरिक पाहुनालाई एकपटक पोखरा सम्झाउँछ,’ पोखरेलले भने, ‘पर्यटनमा यसले पक्का सकारात्मक प्रभाव त पार्छ ।’ ढिलागरि भएपनि यो कार्यक्रम गर्दा निजी क्षेत्रलाई नै फाइदा पुग्ने उनले बताए ।

You might also like

Comments are closed.