पर्यटनमन्त्री भट्टराई बुधबार पोखरा आउँदै

आर्थिक आवाज
पोखरा । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई भोलि बुधबार पोखरा आउने भएका छन् । मन्त्री नियुक्त भएपछि भट्टराई पहिलो पटक पोखरा आउन लागेका हुन् ।

भट्टराई बुधबार बिहान ७ बजे पोखरा विमानस्थलमा आउने र त्यहाँबाट सोझै नयाँ बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यको स्थलगत निरीक्षण गर्न जाने कार्यक्रम रहेको बताइएको छ ।

त्यसलगत्तै पोखराका प्रमुख पर्यटकीय गन्तब्य फेवातालको स्थलगत निरीक्षण गर्ने कार्यक्रम तय भएको बताइएको छ । दिउसो १२ः३० बजेदेखि लेकसाइडस्थित होटल बाराहीको हलमा पोखराका पर्यटन व्यवसायीसंग अन्तरक्रिया कार्यक्रम उनी सहभागी हुनेछन् ।

You might also like

Comments are closed.