पर्वतको गौरब : बन्जी जम्प, स्विङ र स्काई साईक्लिङ एकै साथ

पर्बत : बाग्लुङ र पर्बतको सिमानामा रहेको कालिगण्डकी नदिमा बिश्वको दोश्रो बन्जी जम्पको निर्माण भईरहेको छ। यसरी बञ्जि निर्माण भइरहँदा पर्बत र बाग्लुङको पर्यटनको बिकासलाई निकै ठुलो फाईदा पुग्ने अनुमान गर्न सकिन्छ।

अग्ला झोलुङ्गे पुलका जिल्ला भनेर पर्बत र बाग्लुङ परिचित हुँदै गर्दा निर्माणाधिन बन्जी जम्पले पर्यटनको क्षेत्रको अर्को छुट्टै परिचय दिन थालेको छ। निर्माणाधिन बन्जी जम्पको २२८ मिटर उचाई र ५२५ मिटर लम्बाई रहेको छ। २० करोडको लगतमा निर्माण हुन लागेको बिश्वको दोश्रो बन्जी जम्पमा ८ करोड प्रभु बैंक र १२ करोड सियर धनिको रहेको संचालक नेत्र पराजुलीले आदर्श खबरलाई जानकारी दिनु भयो। १७ करोडको काम भैइसकेको र ३ करोडको काम हुदै गरेको उहाँको भनाई छ।

राधा कृष्ण मल्लिकको डिजाईनमा निर्माण हुन लागेको बन्जी जम्पको निर्माण कार्यको जिम्मा प्यारामोहन कन्ट्रक्सन प्रा.लि. ले लिएर काम गरिरहेको छ।

jutta mela

बिश्वमै साहसिक खेलको रुपमा लिईने बम्जी जम्पको नेपालमा बिकास सङ्गै नेपालमै सम्भावना खोजि र अध्यन गरी युवाहरुले स्वदेशमै केहि गर्न सकिन्छ भन्ने हेतुले बन्जी जम्प निर्माण गर्न लागेको संचालक पराजुली बताउनु हुन्छ। साहसिक खेल मानिने बन्जी जम्प संगै विश्वकै अग्लो स्विङ र स्काई साईक्लिङ पनि एकसाथ निर्माण कार्य अगाडि बढिरकेको छ। लामो समय बन्जी जम्पमा अनुभब बटुलेका युवाहरुको टिमले यसको संचालन गर्न लागेको बन्जी जम्प २०७७ बैशाख सम्म निर्माण कार्य सक्ने पराजुलीको दावी छ।

बन्जी जम्पको निर्माण कार्य चलिरहँदा यस ठाउँमा बन्जी जम्प हेर्नैको लागी सर्बसाधारण देखि बिशिष्ट ब्याक्तीहरु भिड लाग्ने गरेको छ। कालिगण्डकी नदिको खोँचमा निर्माण हुन लागेको बन्जी जम्प एकदमै सेफ्टी रहेको संचालकहरु बताउनु हुन्छ। पर्बत बाग्लुङ पर्यटन क्षेत्रको बिकास सङ्गै समग्र धौलागिरीको आर्थिक बिकास र समृद्धिको एउटा मुख्य आधारको रुपमा यो बन्जी जम्पलाई लिन सकिन्छ।

अन्तराष्ट्रीय मापदण्ड कायम भएका गुणस्तरिय निर्माण सामग्रीहरु प्रयोग गरी निर्माण गर्न लागीएको उक्त बन्जी जम्प बिश्वकै नमुना गन्तब्यको रुपमा लिईएको छ।

You might also like

Comments are closed.