पर्वतीय संग्रहालयमा टिकट बिक्रीबाट ११ दिनमा साढे २६ लाख आम्दानी

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रामा सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले ११ दिनमा टिकट बिक्रीबाट २६ लाख ५० हजार ३७० रुपैयाँ आम्दानी गरेको छ ।

यही महिनाको १ देखि ११ गतेसम्म विद्यार्थी २ हजार १ सय २९, सर्वसाधारण नेपाली ६ हजार ७ सय ६८, सार्कस्तरीय १ हजार ५ सय १२ र बाह्रय १ हजार ६ सय ५३ जना टिकट काटेर अध्ययन अवलोकन गर्दा उक्त आम्दानी भएको शनिबार आयोजित एक कार्यक्रममा जानकारी दिइयो ।

हालसम्म २२ लाख १२ हजार १५ जनाले टिकट काटेर अवलोकन गर्दा कूल २० करोड ५९ लाख ४७ हजार ३२८ आम्दानी गर्न सफल भएको संग्रहालयका निर्देशक शंकर गौतमले जानकारी दिए ।

jutta mela

नेपाल पर्वतारोहण संघद्वारा खरिद गरेको एक सय रोपनी जग्गामा निर्माण गरि एक दशक अघिदेखि संञ्चालनमा आएको संग्रहालयको एउटै छानामुनी हिमाल र हिमालीका गतिविधिबारे जानकारी लिन सकिने व्यवस्था गरिएको छ ।

नेपाल पर्वतारोहण संघका सल्लाहकार हरिध्वज तुलाचनले संघको झण्डोत्तोलन गरेर कार्यक्रमको उद्घाटन गर्दै पर्वतीय पर्यटन प्रवद्र्धनमा संग्रहालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

अर्का सल्लाहका कमलमान गुरुङले नेपसले संग्रहालयलाई व्यवस्थित गर्दै लैजाने तयारी गरिरहेको जानकारी दिदै यसको विकासका लागि तीनै तहका सरकारबाट आवश्यक सहयोग हुनु पर्नेमा चर्चा गरे ।

नेपाल पर्वतारोहण संघ अन्नपूर्ण शाखाका भूर्व अध्यक्ष जीवनराज सापकोटाले संग्रहायल प्रदेश गहना भएको उल्लेख गर्दै यसको उचित प्रचार प्रसारको खाँचो औल्याए ।

चारवटा कक्षमा १२ वटा उपकक्ष रहेको संग्रहालयमा विश्वका आठ हजारभन्दा बढी उचाई भएका १४ वटा, सात हजार ५०० देखि सात हजार ९९९ उचाईसम्मका ४०, छ हजारदेखि छ हजार ९९९ सम्मका ६०३ सहित कूल एक हजार ९१३ वटा हिमचुचुरा र त्यस क्षेत्रमा बसोबास गर्ने बासिन्दाका भेषभुसा, संस्कृति, उपयोग गर्दै आएका बिभिन्न सामाग्री संग्रह गरि प्रदर्शनमा राखिएकोछ ।

You might also like

Comments are closed.