‘पशुजन्य उत्पादन बढाउन सक्रिय छौं’

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशको मुख्य उद्देश्य भनेको पशुजन्य उत्पादन बढाउने र प्रदेशलाई यसमा आत्मनिर्भर बनाउने हो । यही दिशामा हामी अगाडि बढिरहेका छौं । गण्डकी प्रदेशमा रहेका सबै जिल्लामा यस सम्वन्धी गतिविधी अनुगमन तथा निरीक्षण पनि निर्देशनालयले गर्छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको अनुगमन पनि यस अन्तर्गत नै पर्छ ।

कोरोना महामारीका कारण अहिले काममा केही समस्या आएको छ । स्वीकृत कार्यक्रम पनि गर्न पाएका छैनौं । दुध चिस्यान केन्द्रहरु स्थापना गर्ने कार्यक्रम थियो । हाट बजार लगायत विभिन्न अनुसन्धानका कार्यक्रम पनि थिए ।

प्रदेश अन्तर्गत ७ वटा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र छन् । त्यहाँ पनि कोरोना महामारी तथा लकडाउनका कारण असर परेको छ । फार्महरुको अनुगमनमा पनि असर परेको छ । लकडाउन खुकुलो भएर काम गर्ने सहज वातावरण बनेमा असार पहिलो साताबाट काम सुचारु हुनेछन् ।

jutta mela

पोल्ट्री, डेरी लगायत विभिन्न व्यवसायमा समस्या देखिएका छन् । पोल्ट्री जोखिमपूर्ण व्यवसायमा पर्छ । मत्स्य व्यवसाय अन्तर्गत माछाका भुरा विभिन्न ठाउँमा पु¥याएका छौं । भर्खरै मात्र कास्की र लमजुङ जिल्लाका केही स्थानमा करिब १ लाख भुरा पु¥याएका छौं । निर्देशनालयले नै यसको ढुवानी गरेको हो ।

(कुराकानीमा आधारित)

You might also like

Comments are closed.