पश्चिमाञ्चल इञ्जिनियरिङ कलेजमा सुरुङ इञ्जिनियरिङ पढाउने तयारी

पोखरा । नेपालमै पहिलोपटक शुरुङ (टनेल) ईञ्जिनियरिङ विषय पढाइने भएको छ । पश्चिमाञ्चल इञ्जिनियरिङ अध्ययन संस्थान लामाचौर पोखराले चट्टान शुरुङ ईञ्जिनियरिङ विषय पढाउने भएको हो । स्नातकोत्तर तहमा अध्यापन गर्ने तयारी स्वरुप पाठ्यक्रम तयार गर्न शुरु गरिएको छ । शुरुङ ईञ्जिनियरिङ विषयको अध्यापन भए यो विषय नेपालमै पहिलो हुनेछ । नेपालमा ब्याचलर अफ सिभिल इञ्जिनीयरिङको कोर्षमा टनेल इञ्जिनीयरिङ विषय अध्यापन हुने भएपनि स्नातकोत्तर तहमा पहिलो हो ।

गण्डकी प्रदेश सरकार र नर्वेको युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी (एनटिएनयू) विश्वविद्यालयको सहयोगमा आउँदो शैक्षिक शत्रदेखि अध्यापन गर्ने तयारी गरिएको पश्चिमाञ्चल इञ्जिनियरिङ अध्ययन संस्थान लामाचौर पोखराका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए । चट्टान शुरुङ ईञ्जिनियरिङ विषय अध्यापनका लागि पाठ्यक्रमसमेत तयार पारिसकिएको उनले बताए ।

पाठ्यक्रम तयार गर्नका लागि क्याम्पसले विज्ञ टोलीसँग छलफल गरिरहेको छ । क्याम्पसले शुक्रबार र शनिबार दुई दिन यस विषयमा विशेषज्ञता हासिल गरेका प्राज्ञ र वैज्ञानिकको सम्मेलन आयोजना गरी सुझाव लिएको छ । सोहि सुझावका आधारमा पाठ्यक्रमको ढाँचा तयार गरिएको र यसलाई अन्तिम रुप दिने तयारी भइरहेको क्याम्पस प्रमुख पौडेलले बताए । प्रस्तावित पाठ्यक्रममा भौगोलिक अवस्थाको अन्वेषण, टनेल डिजाइन, कन्स्ट्रक्सन, सञ्चालन, मर्मत तथा सुरक्षालगायतका विषय समेटिएको बताईन्छ । तयार पारिएको ढाँचालाई क्याम्पसले स्वीकृत गरिसकेकाले पठनपाठनका लागि बाटो खुला भएको इञ्जिनीयरिङ अध्ययन संस्थानअन्तर्गत सिभिल इञ्जिनीयरिङ विषय समितिका संयोजक प्राध्यापक डाक्टर नरेन्द्रमान शाक्यले बताए ।

jutta mela

पोखरासहित काठमाडौँको पुलचोक क्याम्पसमा पहिलो ब्याचमा २०÷२० जना विद्यार्र्थी राखेर टनेल इञ्जिनीयरिङ विषय अध्यापन गरिने शाक्यले जानकारी दिए ।

एनटिएनयुका प्रा डा कृष्णकान्त पन्थीले आफूहरुले इञ्जिनीयरिङ अध्ययन संस्थानसँग सहकार्य गरेर कार्यक्रम अघि बढाउन चाहेको बताए । जसका लागि पाठ्यक्रम तयार, कक्षा तथा प्रयोगशाला स्थापना लगायतका पक्षमा सहयोग गरिने उनले बताए ।

पश्चिमाञ्चल इञ्जिनियरिङ अध्ययन संस्थानका प्रमुख पौडेलले सुरुङ इञ्जिनीयरिङको अध्यापन देशका लागि आवश्यक भएको बताउँदै नेपालमै आवश्यक जनशक्ति उत्पादन गर्ने उद्धेश्यले यो विषय अध्यापन गर्ने तयारी गरिएको बताए ।सुरुङ मार्ग निर्माणलाई सरकारले प्राथमिकताका साथ अघि सारे पनि देशभित्र यसका लागि आवश्यक जनशक्तिको अभाव देखिएकाले यो विषय रोजिएको उनको भनाई छ ।

गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा टनेल इञ्जिनीयरिङ विषय अध्यापनका लागि पाठ्यक्रम तयार गर्ने उद्देश्यले रु १० लाख बजेट विनियोजन गरेको थियो । सो बजेटबाटै शुरुङ इञ्जिनीयरिङ विषय अध्यापनका लागि सहयोग गरिने बताइएको छ ।

You might also like

Comments are closed.