पश्चिमाञ्चल स्वास्थ्य सहकारीद्वारा ५० युनिट रगत संकलन

 

पोखरा ।

पश्चिमाञ्चल स्वास्थ्य सहकारी संस्थाले मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ । सहकारीले मंगलबार परेको आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रमको सहकारीका अध्यक्ष हरिप्रसाद पाण्डेयले सहकारीका सदस्यसमेत रहेका पहिलो रक्तदाता महेश्वर ज्ञवालीलाई व्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गरेका थिए ।

jutta mela

कार्यक्रममा आकस्मिक रक्तदान युनिटका ब्यबस्थापक हरिश्चन्द्र शर्माले रगतको महत्वबारे प्रष्ट्याएका थिए ।

सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद पाण्डेले कोरोनाका कारण रगतको अभाव हुनसक्ने देखेर रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले वार्षिकोत्सव विशेष कार्यक्रम गर्न नसकिएपनि सामाजिक उत्तरदायित्व वहन अन्तर्गत रक्तदान गर्न पाएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रम संयोजक डा.छममाया पुनले रगतको विकल्प रगत नै भएको बताउँदै अस्पतालमा जीवन र मरणको दोसाँधमा रहेका विरामीका लागि दिइने रगत जीवनदान सरह हुने बताइन् ।

You might also like

Comments are closed.