पश्चिमाञ्चल होटल संघद्वारा हेलीकप्टर दुर्घटनामा परी निधन भएका अधिकारी लगायत सवै प्रति श्रद्धान्जली व्यक्त

पोखरा, १७ फागुन ।

पश्चिमाञ्चल होटल संघ पोखराले हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्रप्रसाद अधिकारी तथा यति एयरलाइन्सका प्रवन्ध निर्देशक, स्थापित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्ययन प्राधिकरणका निर्देशक धु्रवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर के.सी. र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरे प्रति श्रद्धान्जली व्यक्त गरेको छ । शोक शन्तप्त परिवारजनप्रति हार्दिक समवेदना समेत प्रकट गर्दछ ।

पर्यटन मन्त्रीका हैसियतमा पोखरा र समग्र नेपालको पर्यटन क्षेत्रको विकासमा मन्त्री अधिकारीले चालेका कदमहरु निकै सकारात्मक रहेका थिए विज्ञप्तीमा उल्लेख छ । कास्कीबाट निर्वाचित भई बनेका एक मन्त्री मात्र नभई एक विकासप्रेमी राजनेता पनि उनी थिए । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई अगाडि बढाउन होस् वा भैरहवा विमानस्थललाई निर्माणको टुंगोमा पुर्याउने गरी उनले खेलेकोे भूमिका स्मरणयोग्य छ ।
सबैसँग छिटै भिज्ने सक्ने फरासिलो स्वभावका विकासप्रेमी र भरोसायोग्य जनप्रतिनिधि अधिकारी सहित असल पर्यटन व्यवसायी शेर्पा र अन्य राष्ट्रसेवक कर्मचारीको निधनबाट राष्ट्रले अपुरणीय क्षति व्यहोरेको छ । उनीहरुको अभाव पर्यटन र हवाई क्षेत्रले सदा महसुस गर्ने छ विज्ञप्तमिा भनिएको छ ।

You might also like

Comments are closed.