फागुन २१ , पोखरा
पोखरा महानगरपालिका वडा नं. ५ पार्क सञ्चालन समिति र पस्र्याङ बगैैंचा पार्क निर्माण समितिको आयोजनामा पस्र्याङ बगैैंचा पार्क स्थित सन्तानेश्वर शिवालय मन्दिर परिसरमा महाशिवरात्री महोत्सव २०७५ सम्पन्न भएको छ । महोत्सबको उदघाटन गर्दै सांसद एवम् उद्योगपति सूर्य बहादुर केसीले सबै धर्मका गुरु शिव र हिन्दु सबैको साझा धर्म भएको बताए । पस्र्याङ आफ्नै पुस्ताहरुको थलो रहेको स्मरण गर्दैै आफु उक्त क्षेत्रको विकासका लागि सहयोग गर्न सधै तत्पर रहेको बताए ।
कार्यक्रममा कांग्रेस नेत्री सरस्वती गुरुङ्गले भगवान शिवजीले विष पिएर जगत साराको रक्षा गरे जस्तै समाजमा भएका विकृति र विसंङ्गती हटाइ सभ्य र सुशासित राष्ट्र बनाउन एकजुट हुनु पर्ने बताइन । वडा नम्बर ५ का वडा अध्यक्ष धन बहादुर नेपालीले आफ्नो वडामा भएका पार्क संरक्षणका लागि आफु कटिबद्घ रहेको बताए । कार्यक्रममा राजयोगिनी ब्रहकुमारी सुदा दिदि , समाजसेवी द्रोण राज अधिकारी , हेडम्ब प्रसाद कोइराला लगायतले आ आफ्नो धारणा राखेका थिए ।
महोत्सबमा आयोजित भजन चुड्का प्रतियोगितामा बिश्व हिन्दु महासंघ पोखरा ५ पस्र्या∙ प्रथम , राष्ट्रिय लोक भजन चुड्का सरक्षण प्रतिष्ठान कास्की समुह दितिय र पुन्य परोपकार भजन समुह स्याङजा तृतिय भए । उनिहरुले क्रमश नगद रु पन्ध्र , दश र पाँच हजार सहित प्रमाण पत्र प्राप्त गरे ।
महोत्सबमा केदारेश्वर महादेब मन्दिरका पिठादिश डा. लेखनाथ आचार्यले शिबरात्रीको ब्रतकथा एबं धार्मिक प्रबचन दिनु भएको थियो । महाशिवरात्री महोत्सब मूल समारोह समितिका संयोजक रामजी प्रसाद कोइरालाले महोत्सब भब्य एवं उल्लासमय वातावरणमा सम्पन्न भएको बताउदै साथ र सहयोग गर्ने सम्पूणलाई धन्यवाद व्यक्त गरे । उनले हाल शिवरात्रीको दिनमा मात्रै गरिएको
उक्त महोत्सबलाई आगामी वर्ष देखि ब्यापारिक प्रयोजनका लागि स्टलको व्यवस्था सहित ३ दिन सम्म संचालन गर्ने बताए । महोत्सब परिसरमा रहेको सन्तानेश्वर शिवलय मन्दिरमा विहानै देखि भक्तजनको बाक्लो भिड लागेको थियो ।
Comments are closed.