पाकिस्तानलाई कुनै प्रकारको सहयोग नदिने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पाकिस्तानलाई अमेरिकाले विगत १५ वर्षमा ३३ अर्ब अमेरिकी डलर सहयोग दिए पनि उसले आतंकवादीहरुलाई आश्रय दिएको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले सोमबार एक ट्विट गर्दै अमेरिकाले पाकिस्तानलाई सहयोग दिनु मुर्खतापूर्ण भएको उल्लेख गर्दै बदलामा पाकिस्तानले अमेरिकालाई झुट, छलीमात्र दिएको र अमेरिकी नेताहरुलाई मुर्खको जस्तो व्यवहार गरेको बताएका छन् ।

‘हामीले अफगानिस्तानमा खोजेका आतंकवादीहरुलाई पाकिस्तानले सुरक्षित स्वर्ग दिएको छ,’ ट्रम्पको ट्विटमा उल्लेख छ । उनले अब पाकिस्तानलाई कुनै प्रकारको सहयोग नदिने चेतावनी पनि आफ्नो ट्विटमार्फत गरेका छन् । एजेन्सीको सहयोगमा

You might also like

Comments are closed.