पार्दी मा.वि.का विद्यार्थीलाई जर्सी सहयोग

 

पोखरा, १३ जेठ

पोखरा १७ स्थित पार्दी माध्यमिक विद्यालयका विद्यार्थीलाई फुटबल जर्र्सी सहयोग गरिएको छ । सोमबार विद्यालय प्राङणमा आयोजित एक कार्यक्रमका बिच जर्सी हस्तान्तरण गरिएको हो ।

jutta mela

विरौटा स्थित फ्रेण्ड्स हस्पिटालिटी म्यानेजमेन्ट एण्ड ल्याङ्ग्वेज इन्स्टिच्यूट र फ्रेण्डस् क्याफेले जर्सी सहयोग गरेका हुन् । इन्स्टिच्यूटका सञ्चालक राजकुमार केसी र क्याफेका सञ्चालकद्धय कुश थापा एवं कमल गिरीले विद्यालय व्यवस्थापन समितिकी कार्यवाहक अध्यक्ष शान्ता गुरुङलाई संयुक्त रुपमा जर्सी हस्तान्तरण गरे ।

विद्यार्थीहरुलाई खेलकुदमा समेत अग्रसर गराउनका लागि १६ थान जर्सी सहयोग गरिएको इन्स्टिच्यूटका सञ्चालक केसीले बताए ।

You might also like

Comments are closed.