पोखरा, २४ चैत
गण्डकी प्रदेशका सांसद विन्दु कुमार थापाले उद्योगहरुमा पिउने पानी उद्योगको भुमिका महत्वपुर्ण हुने बताएका छन् ।
नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशको पोखरामा भएको पाँचौ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै थापाले पानीको कारणनै मान्छेमा ६० प्रतिशत भन्दा बढि रोग लाग्ने बताए । थापाले उद्योगी ब्यवसायीले नाफा कमाउने मात्रै नभई उपभोक्ताको अधिकार लाई ख्याल गर्नुपर्ने सुझाब दिए । उनले उद्योगीले भन्दा पनि खुद्रा पानी विक्रेताले उपभोक्तालाई ठगेको दावी गरे । १२ रुपैया भन्दा कम मुल्यमा पाइने बोतलको पानी खुलेआम रुपमा २०,२५ र ३० भन्दा बढि मुल्यमा विक्रि हुने गरेको बताउदै थापाले पानीमा पनि विचौलीयाको विगविगी रहेको बताए ।
पानी उद्योगको कारण धेरै मान्छे निरोगी भएको दावी गर्दै प्रदेश सरकार लगानी मैत्रीनीति बनाउन छफलफलमा जुटेको बताए । नेपाल बोटल वाटर उद्योग संघका केन्द्रीय उपाध्यक्ष साजनलाल प्रधानले सरकारले अहिलेपनि पानी उद्योगहरुलाई राम्रो दृष्टिले हेर्ने नगरेको दुखेसो गरे । उनले पानीको मुल्यमा एकरुपता ल्याउन केन्द्रमा छलफल भइरहेको बताए । नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशका संयोजक यदुनाथ अधिकारीले गण्डकी प्रदेशमा ५० भन्दा बढि पानी उद्योग रहेको बताउदै संघमा अहिले सम्म २७ वटा पानी उद्योग आवद्ध भएको बताए । उनले नेपाल खानेपानी सस्थानले वितरण गर्नेपानीमा ८१ प्रतिशत सम्म कोलीफम देखिएको भन्दै उपभोक्ताले शुद्धपानी पिउन पाउनुपर्ने बताए । नेपाल पानीमा आत्म निर्भर भएपनि बार्षिक २० ,२५ करोड भन्दा बढिको विदेशी पानी नेपाल भित्रने गरेको भन्दै उनले दुखेसो गरे ।
पोखरा उद्योगबाणिज्यसंघका अध्यक्ष दामु अधिकारीले पानी उद्योग संवेदनसिल पेशा ब्यवसाय भएको बताए । उनले उद्योगीको पिरमर्का आफुहरुले बुझन्े भन्दै सरकार सरोकारवलाहरुलाई बेला बेलामा झकझकाउने काम गर्दे आएको बताए ।
पोखरा चेम्वर अफ कमर्सका अध्यक्ष किसान सुनारले अहिले उद्योगी ब्यवसायी बैकको ब्याजदर बृद्धिले समस्यामा परेको बताए । उनले पोखरा चेम्वर अफ कमर्सले सरकार र राष्ट्रबैकको ध्यानआर्कषण गराएको स्मरण गर्दे उत्पादनको क्षेत्रमा लागेका उद्योगीहरुलाई राज्यले प्राथामिकता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सुजल प्लाष्टिकका सुजल श्रेष्ठले प्लाष्टिकको बोटल निर्माण प्रक्रियाको बारेमा सुजल प्लाष्टिकले बोटल उत्पादनको प्रस्तुती राखेका थिए । दि विन्देश्वरी पानी उद्योगकका ऋषि सापकोटा, महासचिव लेखबहादुर प्रधान, कार्यक्रम संयोजक प्रेम बहादुर क्षेत्रीलगायतले पानी उद्योगमा गण्डकी प्रदेशमा १ अर्व ५० करोड भन्दा बढिको लगानी भएको भन्दै उद्योगीहरुको लगानी सुरक्षित हुनुपर्नेमा सरकारले ध्यानदिनु पर्ने बताए ।
नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशका संयोजक यदुनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव लेखबहादुर प्रधानले गरेका थिए । कार्यक्रममा कर्मचारी सञ्चयकोष पोखराका डिल्लिराज पौडलले एकजना मात्रै भएपनि सञ्चयकोषमा सहभागिता जनाउन सकिने बताउदै आफुहरु नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेश संग सहकार्यगर्न आतुर रहेको बताए ।
Comments are closed.