पिस सिभिकद्वारा पुस्तकालय तथा अक्षयकोष स्थापना

पोखरा । लायन्स क्लब अफ पोखरा पिस सिभिकले धादिङ जिल्लाको गल्छी गाउँपालिका वडा न ३, मुलाबारीमा रहेको धादिङ आधारभूत विद्यालयमा लायन्स मनराम पुस्तकालय र अक्षयकोष स्थापना गरेको छ । लायन्स मनराम प्रतिष्ठान र लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ नेपालको लायन्स क्लब अफ पोखरा पिस सिभिकको सहकार्यमा ४५ हजार रुपैयाँ बराबरको पुस्तकालय र एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको क्लबका संस्थापक अध्यक्ष तथा रिजनचियरपर्सन पवित्रराज तिवारीले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अथिति लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि १ नेपालका रिजन चियरपर्सन तथा क्लवका संस्थापक अध्यक्ष पवित्रराज तिवारीले रिवन काटेर पुस्तकालयको उद्घाटन गरे ।

कार्यक्रमका विशेष अथिति गल्छि गाउँपालिकाका उपप्रमुख राधा तिमिल्सिनाले प्रत्येक बालबालिकासँग फरक फरक क्षमता हुने भएपनि निर्धारित पाठ्यक्रम र अवधिलाई मात्र विद्यालयले समेट्ने गरेकोमा अब शैक्षिक ज्ञानको दायरा बढ्ने विश्वास व्यक्त गरे । पुस्तकालय जस्तो शैक्षिक गुणस्तर वृद्धि गर्ने कार्यमा मुलाबारी जस्तो दुर्गम ठाउँ छनौट गरेकोमा क्लब प्रति गाउँपालिका कृतज्ञ रहेको धारणा राखे ।

jutta mela

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका गल्छि गाउँपालिका वडा नंं ३ का अध्यक्ष कपिल प्रसाद रेग्मीले सहयोगको सराहाना गर्दै राजमार्गको सडकबाट नजिकैको दुरीमा रहेपनि घट्दो विद्यार्थी संख्याले शिक्षक दरबन्दी कटौती हुने स्थिती रहेको बेला पुस्तकालय स्थापना हुनु गौरवको विषय भएको बताए

कक्षा ८ सम्म पढाई हुने उक्त विद्यालयमा ८५ जना विद्यार्थी अध्ययनरत छन् । कार्यक्रममा लायन्स क्लब अफ पोखरा पिस सिभिकका अध्यक्ष युवराज खनालले आफू पढेको विद्यालयमा यसरी सहयोग गर्न पाउदा साह्रै खुशी लागेको बताउँदै सहयोग गर्ने क्लब परिवारप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक सुमन कुमार श्रेष्ठले सहयोगको प्रशंसा गर्दै लायन्सहरुको बारेमा पहिले कतैपनि नसुनेको भएपनि यसरी सहयोग पाएकोमा सहयोगी मनहरुप्रति खुशी व्यक्त गरे ।

लायन्स क्लब अफ पोखरा पिस सिभिकका अध्यक्ष युवराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा, क्लबका कोषाध्यक्ष विकास प्रसाद कंडेल, यज्ञ प्रसाद तिवारी, हरि प्रसाद अधिकारी लगायतले आ-आफ्नो धारणा राखेका थिए । स्वागत मन्तव्य क्लबका द्वितीय उपाध्यक्ष रामकृष्ण तिवारीले र धन्यवाद ज्ञापन क्लबका तृतीय उपाध्यक्ष बिनोद भुजेलले तथा संचालक क्लबका सचिव रेशम खड्काले गरेका थिए ।

You might also like

Comments are closed.