पीपीएलमा ४ देशका १२ खेलाडी मैदानमा

सन्देश श्रेष्ठ

पोखरा । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा ४ देशका १२ जना खेलाडी मैदानमा उत्रिएका छन् । माछापुच्छ्रेको काख पोखरा रंगशालामा भइरहेको सर्बाधिक राशीको पीपीएल क्रिकेट प्रतियोगितामा ६ वटा टीममा ति खेलाडी सहभागी भएका हुन् । प्रतियोगिताका लागि सहभागी ६ टीमले २/२ जना खेलाडी क्लवमा भित्र्याएको हो । प्रतियोगितामा हरेक टीममा कम्तिमा १ जना र बढीमा २ जना विदेशी खेलाडी राख्न पाउने नियमानुसार सबै टीमले २/२ जना खेलाडी राखेका हुन् ।

प्रतियोगितामा काठमाडौं रोयल्सले भारतका २ खेलाडी भित्र्याएको छ । ज्ञानेन्द्र मल्ल नेतृत्वको काठमाडौं रोयल्सले भारतका जे कोल्सावाल र गौरव टोमरलाई अनुबन्ध गरेको हो । चितवन राइनोजले भारतका २ खेलाडी टीममा समावेश गरेको छ । पारस खड्का नेतृत्वको चितवनले भारतका सन्नी पटेल र स्मित पटेललाई अनुबन्ध गरेको हो ।

घरेलु टोली पोखरा पल्टनले युएईको १ र भारतको १ जना खेलाडी भित्राएको छ । शरद भेस्वाकर नेतृत्वको पोखरा पल्टनले युएईका मोहम्मद नाबिद र भारत पञ्जावका रवि ईन्दर सिंहलाई भित्र्याएको हो ।

विराटनगर टाइटन्सले भारत र पाकिस्तानको १/१ जना गरी २ विदेशी खेलाडी भित्र्याएको छ । युवा तथा चर्चित खेलाडी सन्दिप लामिछानेको टीम विराटनगर टाइटन्सले भारतका एन्टन एन्ड्रयू सुविक्सन महेश्वरन र पाकिस्तानका मोहम्मद जैद आलमलाई भित्र्याएको हो ।

धनगडी ब्लुजले २ विदेशी खेलाडी भित्र्याएको छ । दीपेन्द्रसिंह ऐरी नेतृत्वको धनगडी ब्लुजले ईंगल्याण्डका ड्यानिअल विलियम लोरेन्स र पिटर डेभिड टे«गोलाई टीममा समावेश गरेको हो । बुटवल ब्लास्टरले युएईका २ खेलाडी भित्र्याएको छ । सोमपाल कामी नेतृत्वको बुटवल ब्लास्टरले युएईका युएईका रोहन मुस्ताफा र चिराग सुरीलाई समावेश गरेको हो ।
प्रतियोगितामा समावेश विदेशी खेलाडीलाई टीमले महत्वका साथ मैदानमा उतार्ने गरेको छ । प्रायः सबै टीमले शुरुवाती ब्याटिङमै उनीहरुलाई उतार्ने गरेका हुन् । टीममा विदेशी खेलाडी समावेश भएपछि नेपाली खेलाडीले बिदेशी खेलाडीसँग खेल्ने एक्सपोजर पाएको छ भने हिमालको काखमा नेपाली दर्शकले अन्र्तराष्ट्रिय स्तरको खेल हेर्ने दुर्लभ अवसर पाएका छन् ।

You might also like

Comments are closed.