पुँजीगत खर्च देखाउन होडबाजी, एकै दिन ६ अर्ब खर्च

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो १५ दिन देखी मुलुकभरका सरकारी कार्यालयले चालु बजेटमा विनियोजित पुरै रकम रित्याउने गरी खर्च शुरु गरेका छन् । आइतबार (असार २२) मा एकै दिन ६ अर्व ९ करोड रुपयाँ चालु खर्च अन्तर्गत भुक्तानी दिइएको छ ।

यो आर्थिक वर्षका ३३० दिनमा औसत दैनिक १ अर्व ८४ करोडको दरले खर्च भएकोमा असार १५ पछि भने दैनिक सवा ३ अर्वको दरले खर्च भइरहेको खबर आजको नागरिक दैनिकमा प्रकाशित छ । पुँजीगत खर्च वर्षको अन्त्यमा खर्च हुने परम्परा जसतै भएपनि चालु खर्चमा यस्तो हुनु नहुने हो ।

You might also like

Comments are closed.