सन्देश श्रेष्ठ
पोखरा, १ साउन । कास्कीमा पुरुषले पनि सम्बन्ध बिच्छेद माग्न थालेका छन् । जिल्ला अदालत कास्कीमा सम्बन्ध बिच्छेद माग्दै मुद्धा दर्ता हुन थालेको हो । सम्बन्ध बिच्छेदको माग गर्दै मुद्धा दर्ता गर्ने मध्ये २० प्रतिशत भन्दा बढी पुरुष रहेका छन् । कास्कीमा २०७५ साल साउनदेखि २०७६ साल असार मसान्तसम्ममा कुल ८८१ थान सम्बन्ध बिच्छेदका मुद्धा दर्ता भएका थिए । जसमध्ये २० प्रतिशत अर्थात १७६ भन्दा बढी सम्बन्द्ध बिच्छेदका मुद्धा पुरुष वादी भएको जिल्ला अदालत कास्कीका स्रेस्तेदार लोकनाथ पराजुलीले जानकारी दिए । ठ्याक्कै संख्या भन्न सकिन्न,’ उनले भने, ‘तर सम्बन्ध बिच्छेदका लागि मुद्धा दर्ता मध्ये पुरुष २० प्रतिशत हाराहारीमा छन् ।’
अघिल्लो वर्षको भदौ १ गतेबाट जारी भएको मुलुकी देवानी संहिताले पुरुष पनि सम्बन्ध विच्छेद गर्न पाउने ब्यबस्था गरेको थियो । सो देवानी संहिता लागुसँगै सम्बन्ध बिच्छेदका लागि पुरुषलेपनि मुद्धा दर्ता गर्न थालेको स्रेस्तेदार पराजुलीले बताए । उनले पुरुषले पनि सम्बन्ध बिच्छेद गर्न पाउने ब्यबस्थापछि सम्बन्ध बिच्छेदका लागि मुद्धा दर्ता गर्ने संख्यापनि बढेको बताए ।
कास्की जिल्ला अदालत पोखराले गत आर्थिक वर्ष २०७५÷७६ मा लक्ष्य भन्दा बढी मुद्धा फछ्र्यौट गरेको जनाएको छ । कास्की जिल्ला अदालत पोखराले गत आर्थिक वर्षमा २ हजार ४ सय ६३ मुद्धा फछ्र्यौट गर्ने लक्ष्य राखेकोमा लक्ष्य भन्दा बढी अर्थात २ हजार ४ सय ६४ वटा मुद्धा फछ्र्यौट गर्न सफल भएको कास्की जिल्ला अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीले जानकारी दिए । उनले कास्की जिल्ला अदालतमा ६ जनाको दरबन्दी भएपनि एक जना बिचमा सरुवा भएर जाँदापनि लक्ष्य भन्दा बढी मुद्धा फछ्र्यौट गरेको बताए ।
उनका अनुसार गत साउन महिनामा १ सय ५४, भदौमा १ सय ६३, असोजमा १ सय ३६, कार्तिकमा ८८, मंसिरमा २ सय १३, पुसमा २ सय १४, माघमा २ सय २६, फागुनमा १ सय ८१, चैतमा १ सय ७०, बैशाखमा २ सय ९५, जेठमा २ सय ६६ र असारमा ३ सय ५८ थान मुद्दा फछ्र्यौट भएको छ । न्यायाधीश अधिकारीले गत आर्थिक वर्ष २०७५÷७६ मा दर्ता भएका मुद्धा मध्ये ६३ प्रतिशत मुद्धा फछ्र्यौट गरिएको बताए ।
कास्की जिल्ला अदालत पोखरामा आर्थिक वर्ष २०७५÷०७६ मा कुल २ हजार ५ सय ८९ थान मुदा दर्ता भएको अदालतले जनाएको छ । गत आर्थिक वर्षमा साउनमा ३ सय ५१, भदौमा १ सय ४६, असोजमा १ सय ६०, कार्तिकमा २ सय, मंसिरमा १ सय ९१, पुषमा १ सय ९३, माघमा २ सय ९, फागुनमा २ सय ५८, चैतमा २ सय ११, बैशाखमा १ सय ७९, जेठमा २ सय २७ र असारमा २ सय ६४ थान मुद्दा दर्ता भएको न्यायाधीश अधिकारीले जानकारी दिए । कास्की जिल्ला अदालत पोखराका न्यायाधीश अधिकारीले न्याय निरुपणका लागि सक्दो प्रयास गरेको बताए ।
Comments are closed.