पुलिसले जित्यो राष्ट्रिय महिला भलिवलको उपाधि

पोखरा । नेपाल पुलिस क्लवले पोखरामा सम्पन्न राष्ट्रिय महिला भलिवल प्रतियोगिताको उपाधि जितेको छ । नव आदर्श सामुदायिक विकास समाज लामाचौर पोखराको आयोजनामा ईन्द्र राज्यलक्ष्मी मावि लामाचौरमा सोमबार भएको फाइनल खेलमा न्यू–डायमण्ड एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लवले दोश्रोपटक उपाधि जितेको हो ।

सोमबार दिउँसो भएको फाइनल खेलमा पुलिसले न्यू–डायमण्डलाई २५–१६, २५–१४ र २५–२० को सेटमा पराजित गरेको हो । पराजयसँगै न्यू–डायमण्डले उप–बिजेतामै चित्त बुझायो । उपाधि बिजेता पुलिसले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उप–बिजेता न्यू–डायमण्डले भने नगद ६५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो ।

सोमबारै भएको खेलमा श्रीराम खेलकुद विकास समिति दाङलाई सोझो सेटमा हराउँदै गण्डकी प्रदेश तेश्रो हुन सफल भयो । सोमबार भएको खेलमा गण्डकीले दाङलाई २५–१३, २५–२० र २५–१८ को सेटमा पराजित गर्दै तेश्रो स्थान कब्जा गरेको हो । तेश्रो भएको गण्डकी प्रदेशले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र तथा सान्त्वना स्थान प्राप्त गर्ने दाङले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

jutta mela

प्रतियोगितामा नेपाल पुलिस क्लवकी मनिसा चौधरी सर्बोत्कृष्ट खेलाडी घोषित भईन् । त्यस्तै पुलिसकी कोपिला उप्रेती उत्कृष्ट स्पाइकर, गण्डकी प्रदेशकी पवित्रा सेञ्चुरी उत्कृष्ट क्वीकर, न्यू–डायमण्ड एकेडेमीकी झरना श्रेष्ठ उत्कृष्ट सर्भर, गण्डकी प्रदेशकी रस्मिता दुरा उत्कृष्ट लिब्रो, नेपाल पुलिस क्लवकी पुष्पा चौधरी उत्कृष्ट ब्लकर र पुलिसकै सुशिला थापा उत्कृष्ट सेटर हुन सफल भए । उनीहरुलाई ट्रफी र आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

बिजेताहरुलाई संघ सरकारका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालगायतले पुरस्कार वितरण गरेका थिए ।

सिपोराको पुनरागमन फितलो

भलिवल सुन्दरी सिपोरा गुरुङको पुनरागमन फितलो भएको छ । ८ वर्षपछि न्यू–डायमण्ड एकेडेमीबाट खेलमा फर्केकी सिपोराको पुनरागमन फितलो भएको हो । सन २०११ को डिसेम्बरमा भलिवल खेल्ने क्रममा घुँडाको लिगामेन्ट च्यातिए पश्चात उपचार र आरामका लागि भन्दै उनी भलिवलबाट टाढा बसेकी थिइन् । बिच बिचमा टीममा परेपनि खेलमै भने पूर्ण रुपमा फर्केकी थिइनन् ।

लामाचौर राष्ट्रिय महिला भलिवल प्रतियोगितामा प्लेइङ सेटमै रहेर पूरा अवधी खेल खेलेकी सिपोराले आफ्नो खेल कौशल राम्रोसँग प्रदर्शन गर्न सकिनन् । कुनै बेला स्पाइकमा चर्चित बनेकी उनको लामाचौर प्रतियोगितामा त्यस्तो कुनै उत्कृष्ट स्पाइक दर्शकले हेर्न पाएनन् । तुलनात्मक रुपमा राम्रो उचाई भएकी उनको ब्लक र डिफेन्सपनि कमजोर देखिदा प्रशिक्षकदेखि दर्शकसम्म निराश बनेका थिए ।

सिपोरा आबद्ध न्यू–डायमण्ड एकेडेमीका प्रशिक्षक कुमार राईले सिपोराकै कारण उपाधि गुमाउनुपरेको प्रतिक्रिया दिए । सिपोराको खेल टाइट भइनसकेको र उनले खेलमा असजिलो फिल गरेजस्तो आफूले महशुष गरेको उनले बताए । सिपोराकै आग्रहमा हामीले टिममा समावेश गरेका हौं,‘उनले भने,‘उनलाई खेल्ने रहर छ, तर शरिरले दिएको छैन ।’

सिपोरा स्वयम्ले पनि पुनरागमन फितलो भएको स्वीकारिन् । भनिन्,‘हो, मैले अवसरलाई राम्रोसँग सदूपयोग गर्न सकिनँ ।’ आफू स्पाइकमा मात्र खेल्ने बानी भएको तर न्यू–डायमण्डमा अलराउन्डर भएर खेल्नुपर्दा टिममा सेट हुन नसकेको उनको तर्क छ ।

You might also like

Comments are closed.