पुष्पलालका विचार उत्तिकै सान्दर्भिकः मुख्यमन्त्री गुरुङ

पोखरा, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले पुष्पलालका विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।

पोखरा महानगरपालिका वडा नं. २१ फेदीपाटनस्थित पुष्पलाल अध्ययन प्रतिष्ठान परिसरमा निर्मित पुष्पलालको अर्धकदको शालिक आज अनावरण पछि बोल्दै उनले पुष्पलालले अघि सारेका विचारकै जगमा नेपाली कम्युनिष्ट आन्दोलन वर्तमानसम्म आइपुगेको बताए ।

नेपाली कम्यूनिष्ट आन्दोलनलाई बैचारिक नेतृत्व दिएर पुष्पलालले अतुलनीय योगदान गर्नुभएको स्मरण गर्दै मुख्यमन्त्री गुरुङले तीनै विचार र सिद्धान्तलाई आत्मसात गर्न सके पुष्पलालप्रति सच्चा श्रद्धान्जली हुने धारणा राखे ।

jutta mela

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई कमजोर बनाउन विभिन्नरुपमा षडयन्त्र भई रहेको चर्चा गर्दै उनले अवसरवादी सोच र प्रवृत्तिलाई निरुत्साहित गर्दै अघि बढनुपर्ने आवश्यकता औल्याए ।

उक्त अवसरमा मुख्यमन्त्री गुरुङले प्रतिष्ठानको हातामा निर्माण गरिएको कम्यूनिष्ट नेता बलराम उपाध्यायको अर्धकदको शालिकको समेत अनावरण गरेका थिए ।

युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले नेपाली समाजको रुपान्तरणमा पुष्पलालको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रतिष्ठानलाई कम्युनिष्ट पार्टीको अध्ययन अनुसन्धानको थलोको रुपमामा विकास गरिनु पर्नेमा जोड दिए ।

नेकपा केन्द्रीय सदस्य समेत रहनु भएको उनले मुलुकमा राजनीतिक उपलव्धिसंगै समृद्धिको आन्दोलनमा लाग्नु पर्ने आजको आवश्यकता भएकोमा जोड दिए ।

पुष्पलाल अध्ययन प्रतिष्ठानका अध्यक्ष एवम् पार्टी केन्द्रीय सदस्य खगराज अधिकारीले विभिन्न संघसंस्था र व्यक्तिको आर्थिक सहयोगमा निर्माण गरिएको प्रतिष्ठानको तीन तल्ले पक्कि भवन निर्माण भई रहेको बताउँदै नेपालको कम्युनिष्ट आन्दोलन र पुष्पलाललाई नजिकबाट चिन्न र वुझन सकिने गरि विकास गरिने जानकारी दिए ।

You might also like

Comments are closed.