पूर्णामृतमा ५ सय जना विद्यार्थीको आँखा परीक्षण, अर्यालले घोषणा गरेको एक लाखको अक्षयकोष

पोखरा । पूर्णामृत मावि वालिङ स्याङ्जाका ५ सय जना विद्यार्थीको निःशुल्क आँखा परीक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा सेन्ट्रल टाउन, लायन्स क्लब अफ वालिङ सिटी र लियो क्लब अफ वालिङ सिटीको संयुक्त आयोजना कार्यक्रम भएको हो । हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा औषधीसमेत निःशुल्क वितरण गरिएको लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका पढाऔं अभियान चिफ तथा साइट फर किड्स प्रोजेक्ट चियरपर्सन चण्डिप्रसाद अर्यालले जानकारी दिए ।

१८ जना विद्यार्थीको आँखामा समस्या देखिएकाले उनीहरुका लागि चश्मा र औषधी निःशुल्क उपलब्ध गराइने बताइएको छ । लायन्स क्लब अफ वालिङ सिटीका अध्यक्ष देवेन्द्र भट्टराईको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि वालिङ नगरपालिकाका मेयर दिलिप प्रताप खाँणले सामाजिक क्षेत्रमा लायन्सको योगदान महत्वपूर्ण रहेको बताए ।

jutta mela

पढाऔं अभियान चिफ चण्डीप्रसाद अर्यालले बालबालिकाहरुको आँखाको सुरक्षाको लागि अपनाउनु पर्ने सावधानी र लायन्स क्लबको भूमिका विषयमा बोलेका थिए । कार्यक्रममा वालिङ सिटीका पूर्व अध्यक्ष कविता गैह्रे, चेतनारायण श्रेष्ठ, सिताराम अधिकारी, विष्णु गैह्रे, उपाध्यक्ष दुर्गा थापा लगायतलेका बोलेका थिए । कार्यक्रममा स्वागत विद्यालयका प्रधानाध्यापक परशुराम लम्साल र धन्यवाद ज्ञापन सहायक प्राध्यापक यामकान्त खनालले गरेका थिए । कार्यक्रम सञ्चालन लायन्स क्लव अफ वालिङ सिटीका सचिव दीपक लम्सालले गरेका थिए ।

लायन्स क्लब अफ पोखरा सेन्ट्रल टाउनका पूर्व अध्यक्ष तथा डिष्ट्रिक्ट ३२५ वी १ नेपालका पढाऔं अभियान प्रमुख चण्डीप्रसाद अर्यालले सो विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीको लागि एक लाख रुपैयाँको छात्रृवत्ति अक्षयकोष घोषणा गरेका छन् । सोही दिनमा लायन्स क्लब अफ वालिङ सिटी र लियो क्लब अफ वालिङ सिटीका करिव ४० जना सहभागीहरुलाई लायन्स र लियो क्लबको प्रशिक्षण समेत अर्यालले गराएका थिए ।

You might also like

Comments are closed.