काठमाडौं । बर्तमान सरकारमा यस अगाडि अर्थमन्त्री रहेका डा. युवराज खतिवडा अमेरिकाको लागि नेपाली राजदूतमा सिफारिस भएका छन् ।
बिहीबार बसेको मन्त्रीपरिषद बैठकले उनलाई अमेरिकी राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो ।
मुख्यसचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई सरकारले बेलायतको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ । कात्तिक ३ गते कार्यकाल सकिने भएपनि उनले आजमात्रै आफ्नो पदबाटर राजीनामा दिएका थिए ।
रेग्मीको राजीनामासँगै रिक्त रहेको मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गर्ने निर्णय सरकारले गरेको छ । उनी यस अगाडि सचिव थिए ।
Comments are closed.