पूर्व राजा र थापाबीच भेट, देशको अवस्थाप्रति ज्ञानेन्द्रको चिन्ता

सन्देश श्रेष्ठ
पोखरा, ६ पुस । पूर्व राजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबीच आज भेटवार्ता भएको छ । १५ दिने भ्रमणका क्रममा पोखरा बसेका पूर्व राजा शाहलाई पार्टी कार्यक्रमको शिलशिलामा पोखरा आएका थापाले आज विहान भेटेका हुन् । पूर्व राजालाई भेट्न राप्रपा अध्यक्ष थापा पूर्व राजा शाह बसिरहेको पोखरा १७ दोबिल्लास्थित माउण्ट ग्लोरीमा पुगेका थिए ।

पूर्व राजा शाह र अध्यक्ष थापाबीच करीब सवा घण्टा कुराकानी भएको मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलले जानकारी दिए । उनका अनुसार पूर्व राजा र थापाबीच पूर्वाह्न ९ बजेदेखी १०ः१५ बजेसम्म भेटवार्ता भएको थियो ।

jutta mela

भेटमा पूर्व राजा शाहले देशको बिग्रदो अवस्थाप्रति चासो राख्दै चिन्ता व्यक्त गरेको मिडिया नेपालका अध्यक्ष पौडेलले जानकारी दिए । साथै देशका अन्य समसामयीक विषयमा पनि चासो राखेको उनले बताए । उनका अनुसार भेटमा राप्रपा अध्यक्ष थापाले राप्रपाले हिन्दु राष्ट्र, राजसंस्था पुर्नस्थाना र संघीयता खारेजीलगायतको माग राख्दै फागुन ७ गतेदेखी जनसंघर्ष गर्न लागेको जानकारी गराएका थिए । उनले पार्टी एकीकरणमा देखिएको समस्या र हुनसक्ने सम्भवानाबारेपनि जानकारी गराएको पौडेलले बताए ।

पूर्व राजा शाह र राप्रपा अध्यक्ष बिच आज भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । हिन्दु राष्ट्रको माग जोडदार उठाउँदै आएको राप्रपाले हालभने राजसंस्था पुर्नस्थापनाको मुद्धापनि जोडदार उठाउने प्रयास गरिरहेको बेला भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको हो । पूर्व राजा शाह पुष २ गते १६ दिनका लागि पोखरा आएका हुन् भने राप्रपा अध्यक्ष थापा विहीबार पार्टीको गण्डकी प्रदेश स्तरीय प्रशिक्षण तथा सम्मेलनमा सहभागि हुन आएका हुन् । थापाले आज विहान भएको पत्रकार भेटघाटमा पनि पूर्व राजासँग भेटवार्ता हुनसक्ने बताएका थिए ।

You might also like

Comments are closed.