पोखरा, २९ माघ । प्रदेश नम्बर ४ को मुख्य मन्त्रीमा एमाले नेता पृथ्वी सुव्वा गुरुङ नियुक्त भएका छन् । प्रदेश प्रमुख बावुराम कुँवरले गुरुङलाई मुख्य मन्त्री नियुक्त गरेका हुन् । ६० सदस्यी प्रदेश सांसदमा एमालेका २७ जना छन् ।
गुरुङलाई माओवादी केन्द्रको समेत समर्थन छ । माओवादी केन्द्रका १२ जना सांसद छन् । प्रदेश सभामा बहुमत भएकाले एमाले र माओदावीले सरकार गठनको दावी गरेका थिए । मुख्य मन्त्री गुरुङले फागुन २ गते बुधबार सपथ लिने कार्यक्रम छ ।
Comments are closed.