पेट्रोलको मूल्य बढ्यो, डिजेल, मट्टितेल, ग्यासको मूल्य यथावत

काठमाडौं । सरकारले पेट्रोलको मूल्य बढाएको छ । मंगलबार रातिबाट लागु हुने गरी प्रति लिटर २ रुपैयाँका दरले मूल्य बृद्धि भएको नेपाल आयल निगमले जनाएको छ ।

मूल्य बृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७ रुपैयाँ पुगेको छ । डिजेल, मट्टितेल, खान पकाउने ग्यास हवाई इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

You might also like

Comments are closed.