पोउवासंघ महाधिवेशनः प्रजूको प्यानल सार्वजनिक (प्रतिवद्धता सहित)

सुरेन्द्र पौडेल
पोखरा, २१ भदौ ।

आगामी असोज ५ र ६ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३२औं महाधिवेशनका लागि रवीन्द्र बहादुर प्रजू नेतृत्वको प्यानल घोषणा भएको छ । बिहीबार पत्रकार सम्मेलन गरी प्रजूले प्यानल घोषणा गरेका हुन् ।

प्रजू प्यानलबाट वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, उद्योग उपाध्यक्षमा विन्दु कोइराला, वाणिज्य उपाध्यक्षमा पवन प्रजापतीले उम्मेदवारी दिदैछन् । प्रजू प्यानलबाट महासचिवको उम्मेदवार अर्जुन पोखरेल बन्दैछन् । कोषाध्यक्षमा सुरेन्द्रमान बिजुक्छेले र उपमहासचिवमा चीनु गुरुङले उम्मेदवारी दिनेछन् ।

प्रजू प्यानलबाट सदस्यमा बलराम आचार्य, कुमारी मुना बास्ँतोला, बुद्धिबहादुर गहतराज, ऋषिराम भण्डारी, कृतिबल्लब त्रिपाठी, केशव खत्री, दीनेश बास्तोला, शोभा गौतम, रामेश्वर प्रसाद अधिकारी, रामप्रसाद गौतमले उम्मेदवारी दिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अध्यक्षका अर्का उम्मेदवार दामु अधिकारीले यस अगाडि नै प्यानल घोषणा गरिसकेका छन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.