पोउवा संघ र चीनका व्यवसायीबीच द्विपक्षीय व्यापार बिस्तार र सहकार्यको सहमति

आर्थिक आवाज
पोखरा । चीनको ‘चाइना काउन्सिल फर द प्रमोसन अफ इण्टरनेसनल टे«ड ( सिसिपिटिआई) तथा पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधिमण्डलबीच द्विपक्षीय व्यापार बिस्तार तथा प्रविधि हस्तान्तरण लगायतका विषयमा सहकार्य गर्ने सहमति भएको छ ।

सिसीपिटीआइका महासचिव वाङ विरोङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग पोखरा उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुबीच सोमबार पोखरामा भएको छलफलपछि सो सहमति भएको हो । सिसिपिटिआईका महासचिवको नेतृत्वमा आएको प्रतिनिधिमण्डलमा चीनको कुन्गाइ प्रान्तको सिनिङ सहरका १० जना उद्योगी÷व्यवसायी सहभागि थिए । सिनिङ चीनको पश्चिमी भागमा पर्ने पुरानो सहर हो । तिब्बती प्लेटोमा रहेको यो सहर पुरानो रेसमी मार्गमा पर्ने प्रसिद्ध र अग्लो ठाउँमा रहेको सहर पनि हो । सिसीपिटीआइले चीनको लागि अन्तर्राष्ट्रिय व्यापार÷व्यवसाय प्रवद्र्धनको काम गर्छ ।

छलफल कार्यक्रममा बोल्दै सिसीपिटीआइका महासचिव वाङले चीन सधैँ छिमेकीसँग मित्रतापूर्ण सम्बन्ध गाँस्न र द्धिपक्षीय व्यापार गर्न उत्सुक रहेको बताइन् । उनले पोखरामा हुने हस्तकला तथा अन्य क्युरियोका सामानहरु चिनिया बजारमा प्रवद्र्धन गर्न सघाउने वचन पनि दिइन् । चीनको सिनिङ सहरबारे जानकारी दिँदै उनले त्यहाँ उत्पादित बस्तु आवश्यक परे नेपालमा निर्यात गर्न तयार रहेको बताउन पनि बिर्सिनन् । पोखराको पर्यटन प्रवद्र्धनमा सघाउनको लागि नेपाल भ्रमण वर्षको प्रचार गर्ने प्रतिवद्धता पनि उनको रहेको थियो ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष नारायण कोइरालाले पोखरा उद्योग वाणिज्य संघका गतिविधिबारे जानकारी दिँदै द्धिपक्षीय सहकार्यको लागि तयार रहेको बताए । नेपालले चीनबाट विभिन्न सामानहरु आयात गर्दै आएको सन्दर्भ उठाउँदै उनले नेपाली हस्तकला र घरेलु उत्पादनहरु निर्यातको लागि सघाउन चिनिया पक्षसँग आग्रह पनि गरे ।

संघकी उद्योगतर्फकी उपाध्यक्ष विन्दु कोइराला सुवेदीले चिनिया प्रविधि नेपाल भित्र्याउन पोखरा उद्योग वाणिज्य संघले पुलको काम गर्ने बताइन् ।

संघका महासचिव अर्जुन पोखरेलले गण्डकी प्रदेश सरकारले चालु अंंग्रेजी वर्ष २०१९ लाई आन्तरिक पर्यटन वर्ष घोषणा गरि विभिन्न कार्यक्रम गर्दै आएको र सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेको प्रसंग निकाल्दै चिनियाँ बजारमा नेपालबारे प्रचार गरिदिन पाहुना टोलीसँग आग्रह गरे ।

कार्यक्रममा बोल्दै संघका कार्यसमिति सदस्यहरु ऋषिराम शर्मा, हर्कबहादुर अधिकारी, किर्तिबल्लभ त्रिपाठी र केशवबहादुर खत्रीले चिनियाँ पक्षसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताए । अन्तरक्रिया कार्यक्रममा सहभागि चिनियाँ उद्योगी÷व्यवसायीहरुले आफ्ना उत्पादनहरुको बारेमा जानकारी दिएका थिए भने नेपाल र पोखरामा भएका उत्पादनहरुको बजारीकणमा सघाउने वचन दिएका थिए ।

You might also like

Comments are closed.