पोखरामा अन्तर्राष्ट्रिय योग दिवस बिशेष कार्यक्रम हुदै

 

पोखरा ५ असार

पोखरामा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि असार ६ गते ९ जुन २०१९ का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाइने भएको छ । हरेक बर्ष जुन २१ का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाइने गरिन्छ । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा पाचौ अन्तर्राष्ट्रिय योग दिवस पोखरा महानगरपालिका वडा नं ६ स्थित पोखरा(कोमागाने मैत्री पार्क भित्र केदारेश्वर मन्दिर प्राङ्गणमा डा योगी विकासानन्दको प्रमुख प्रशिक्षणमा विभिन्न योग अभ्यासका साथ मनाउने भएको छ । योग सम्बन्धि जनचेतना जगाउदै स्वास्थ्य समाज निर्माण गर्ने हेतुले योग फर हार्मोनी एण्ड पिस भन्ने मूल नाराका साथ योग दिवस मनाउन लागिएको हो ।

jutta mela

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा उक्त योग दिवस मनाउन लागिएको कार्यक्रम संयोजक सामाजिक विकास मन्त्रालयका अधिकृत नवीन किरण भुसालले जानकारी दिए । मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने कथनलाई लाई मनन गरि योग र आयुर्वेद चिकित्सा पद्धतीले निर्देशित गरेका जीवनशैली यापन गरेमा बिसेस गरि नसर्ने रोगहरुको न्यूनीकरण गर्न सकिने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय का बरिष्ठ कविराज निरीक्षक गोबिन्द ढकालले बताए । नियमित योग अभ्यास र त्यसका नियम पालन गर्नाले बिभिन्न रोगहरुको संकर्मन र उपचार खर्च बाट बच्न सकिने कार्यक्रम संयोजक मन्त्रालयका बरिष्ठ कविराज निरीक्षक नवीन किरण भुसाल बताउछन् ।

बिहान ६ बजे देखि ८ बजे सम्म संचालन हुने योग प्रशिक्षणमा पातंजल योग समिति, द आर्ट अफ लिभिंग, पतंजली योग समिति, ओम शान्ति इस्वरिय बिश्व बिद्यालय लगायतका कास्कीका योग सम्बन्धि सघ सस्थाहरुको सक्रीय सहभागितामा सम्पन्न हुने भएको छ ।

गण्डकी प्रदेशका बिभिन्न जिल्ला हरुमा सामाजिक विकास मन्त्री नरदेवी पुनको बिशेष पहलमा अभियानको रुपमा योग तथा आयुर्वेदका कार्यक्रमहरु संचालन भइरहेका छन् ।

You might also like

Comments are closed.