पोखराका पर्यटन व्यवसायी महिला लमजुङ प्रस्थान

पोखरा, १ जेठ

महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)को टोली ग्रामीण पर्यटन प्रवद्र्धनको उद्धेश्य सहित बुधबार लमजुङको घलेगाउँ प्रस्थान गरेको छ ।

आन्तरिक पर्यटन प्रवद्र्धन सगैं होम स्टेका वारेमा विभिन्न कुरा सिक्नको लागि घले गाँउ गएको संस्थाका अध्यक्ष जमुना पराजुलीले जानकारी दिईन् ।

विदाई कार्यक्रममा बोल्दै पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामीछानेले पोखराभन्दा बाहिर रहेका पर्यटकिय स्थलहरको खोजी गरी प्रवद्र्धन गर्नुपर्ने बताए ।
पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जवी पौडेलले महिला पर्यटन व्यवसायीहरुले आन्तरिक पर्यटनका लागि गरेको भ्रमण फलदायी हने विश्वास व्यक्त गरे ।

‘आर्थिक विकासका लागि पर्यटन व्यवसायमा महिला सहभागिता’ भन्ने मुल नाराका साथ २ वर्षअघि स्थापित मञ्चमा २ सय ५० महिला पर्यटन व्यवसायीहरु आवद्ध रहेका छन् ।

टोलीको भ्रमण अवधी २ दिनको रहेको र ५० जना पर्यटन व्यवसायी महिलाको सहभागिता रहेको भ्रमण संयोजक तथा संस्थाका सदस्य शारदा भुजेलले जानकारी दिईन् । उपाध्यक्ष पार्वती पाण्डेले स्वागत गरेको कार्यक्रमको संचालन सचिव उमा भण्डारीले गरेकी थिईन् ।

You might also like

Comments are closed.