पोखराका लन टेनिस खेलाडी थापा नेपालको प्रतिनिधित्व गर्दै कतारमा

पोखरा । पोखराका उदयमान लन टेनिस खेलाडी निहालजंग बहादुर थापा र काठमाडौंका प्रसिद मोक्तान कतारको राजधानी दोहामा आयोजना हुने कतार ओपन यु १४ लन टेनिसमा सहभागी हुने भएका छन् ।

उक्त खेलमा सहभागी हुन उनीहरु कतार प्रस्तान गरेका छन् । उनीहरुका साथ नेपाल लन टेनिस एसोसिएसनका वरिष्ठ कोच कृष्णराज घले पनि कतार गएका छन् । यो अन्तर्राष्ट्रिय स्तरको टुर्नामेन्टमा नेपालसहित भारत, हङकङ, बहराइन, श्रीलंका, कतार लगायतका देशको सहभागिता रहनेछ ।

२०१९ डिसेम्बर ३० देखि २०२० जनवरी ३ सम्म सञ्चालन हुने उक्त खेलका खेलाडीहरु र कोचलाई शनिबार एक कार्यक्रमबीच लन टेनिस एसोसिएसनको केन्द्रीय कार्यालय सातदोबाटोबाट एसोसिएसनका सदस्य अजय विष्टले विदाई गरेका छन् । उनले खेलाडीहरुलाई जितको शुभकामना दिए ।

You might also like

Comments are closed.