पोखराको पर्यटन प्रवद्र्धन गर्न महिला व्यवसायी चीनतर्फ

आर्थिक आवाज
पोखरा, ३ असार । महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)को टोली पोखराको पर्यटन प्रवद्र्धन गर्न चीन भ्रमणमा निस्केको छ । भ्रमण टोलीलाई मंगलबार एक कार्यक्रम गरी विदाई गरिएको छ ।

विदाई कार्यक्रममा वोल्दै नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले भ्रमणको सफलताको कामना गरे । भ्रमणको समयमा भाषागत तथा विभिन्न समस्या आउने हुँदा सचेत रहन उनले आग्रह गरे । पोखराको प्रवद्र्धनका लागि विभिन्न प्रवद्र्धनात्मक सामग्री पनि उनले भ्रमण टोलीलाई प्रदान गरेका छन् ।

संस्थाका अध्यक्ष जमुना पराजुलीले पर्यटन प्रवद्र्धनको उद्देश्यले भ्रमण तय गरिएको बताइन् । नेपाल आउने चिनिया पर्यटकको संख्या बढाउन आफूहरु लागेको पराजुलीले बताइन् । चीनका प्रमुख शहरहरु बेइजिङ, साङ्घाई, गन्जाओ लगायतका शहर भ्रमण गर्ने पराजुलीले जानकारी दिइन् ।

jutta mela

गण्डकी प्रदेश भ्रमण वर्षका संयोजक अग्नि कंडेलले भ्रमणका क्रममा विभिन्न व्यावसायिक संघ संस्थासँग सहकार्य गर्न आग्रह गरेका छन् । साथै भ्रमण फलदायी हुने पनि उनले विश्वास गरेका छन् । आन्तरिक भ्रमण वर्ष २०१९ लाई सफल बनाउन सबै लाग्नुपर्ने उनको भनाई छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेलले वोटेफले पर्यटन प्रवद्र्धनका क्षेत्रमा पु¥याएको कामको प्रसंशा गरे । व्यावसायिक सफलतासँगै सामाजिक उत्तरदायित्वका काममा पनि संस्था अग्र स्थानमा रहेको उनको भनाई छ ।

संस्थाका सल्लाहकार देवका पहारीले भ्रमण सफलताको कामना गर्दै भ्रमण उपलब्धिपूर्ण रहने बताइन् । स्थापनाको छोटो समयमा नै संस्थाले धेरै काम सफलतापुर्व गरेको उनको भनाई छ । पर्यटन प्रवद्र्धनका लागि चीनको भ्रमण आयोजना गरिएको कार्यक्रम संयोजक सुशीला सिग्देलले जानकारी दिइन । भ्रमण टोलीमा १९ सदस्य रहेको र भ्रमण १२ दिनसम्म चल्ने सिग्देलले बताइन् ।

You might also like

Comments are closed.