पोखराको बिरौटामा खुल्यो ‘फ्रेण्डस हस्पिटालिटी मेनेजमेन्ट एण्ड ल्याङवेज इन्स्टिच्युट’

आर्थिक आवाज
पोखरा, २७ भदौ । पोखराको बिरौटामा ‘फ्रेण्डस हस्पिटालिटी मेनेजमेन्ट एण्ड ल्याङवेज इन्टिच्युट’ सञ्चालनमा आएको छ । शुक्रबार एक कार्यक्रमका बीच इन्स्टिच्युटको पोखरा महानगरपालिका वडा नं. १७ का अध्यक्ष तीर्थराज अधिकारीले उद्घाटन गरे । उक्त अवसरमा बोल्दै अधिकारीले हस्पिटालिटी क्षेत्रमा धेरै रोजगारीको अवसरहरु रहेकाले इन्स्टिच्युट समयका माग अनुसार सञ्चालनमा आएको धारणा राखे । ‘दक्ष जनशक्ति उत्पादनका लागि इन्स्टिच्युटको महत्वपूर्ण भूमिका हुनुपर्छ,’ उनले भने ।

पोखरा क्षेत्रमा लामो समयदेखि होटल तथा पर्यटन क्षेत्रमा काम गरेका व्यक्तिहरुको संयुक्त लगानीमा इन्स्टिच्युट सञ्चालनमा आएको प्रवन्ध निर्देशक राजकुमार केसीले जानकारी दिए । इन्स्टिच्युटमा केसीसहित पदम न्यौपाने, सुरेश पौडेल, कुश थापा, कमल गिरी र काशिराम महतोको लगानी छ ।

jutta mela

होटल, रेष्टुरेन्ट तथा पर्यटन क्षेत्रको व्यवस्थापनमा आउन चाहने व्यक्तिहरुलाई लक्षित गर्दै तालिम प्रदायक संस्था सञ्चालनमा आएको केसीले बताए । कुकिङ, फ्रन्ट अफिस, वेटर, हाउस किपिङका साथै विविध भाषाका तालिमहरु इन्स्टिच्युटबाट प्रदान गरिने बताइएको छ ।

कार्यक्रममा बोल्दै पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले पोखरामा नयाँ होटल तथा रेष्टुरेन्टहरु थपिने क्रम बढिरहेकाले यसप्रकारको तालिम प्रदायक संस्थाहरु आवश्यक रहेको धारणा राखे । ‘सिप भएकाहरुका लागि पर्यटन क्षेत्रमा रोजगारीका प्रशस्त अवसर छन्,’ उनले भने ।

दक्ष एवं अनुभवी प्रशिक्षकद्वारा तालिम प्रदान गरिने सञ्चालक केसीले बताए । ‘कार्यगत तालिमको लागि पोखराका प्रसिद्ध होटल तथा रेष्टुरेण्टहरुमा ब्यवस्था गरिने छ,’ उनले भने ।

Friends hospitality

पोखराको बिरौटामा खुल्यो ‘फ्रेण्डस हस्पिटालिटी मेनेजमेन्ट एण्ड ल्याङवेज इन्स्टिच्युट’https://arthikawaj.com/%e0%a4%aa%e0%a5%8b%e0%a4%96%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a5%8c%e0%a4%9f%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%96%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a5%8b/

Gepostet von Arthik Awaj am Freitag, 13. September 2019

 

 

You might also like

Comments are closed.