पोखराको रोयल र काठमाडौंको चन्द्रागिरी सहकारी बिच अन्तर सहकारी सम्बन्ध स्थापना

पोखरा । पोखरा स्थित पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र काठमाडौको चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड विच भाद्र २९ गते औपचारिक रुपमा भगिनी सम्बन्ध स्थापना गर्ने सहमति भएको छ । सम्वन्ध स्थापनाको मुख्य उद्देश्य अन्तर सहकारी सम्बन्ध र सहकार्यको संस्कार स्थापित गर्ने, कार्य सञ्चालनमा व्यवसायीकता तथा नीति, विधि र प्रविधिको अभ्यासमा एकरुपता कायम गर्ने, गुणस्तरीय सेवालाई प्राथमिकता प्रदान गर्दै ब्राण्डिङ्गमा समेत एकरुपता कायम गर्ने र असल अभ्यास तथा अनुभवहरुको नियमित आदान प्रदान गर्ने रहेको रोयल सहकारीका प्रमुख कार्यकारी अधिकृत भिम गुरुङले जनाकारी दिए ।

पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुलसी प्रसाद गुरुङ र चन्द्रागिरी साकोसका अध्यक्ष शिव शंकर मानन्धरले जुम बैठक मार्फत दुवै संस्थाको भगिनी सम्बन्ध स्थापित गर्ने घोषणा गरेका हुन् । जुम प्रविधि मार्फत दुवै संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र उच्च व्यवस्थापनका कर्मचारीहरु गरि ३५ जनाको सहभागीता रहेको अनलाईन परिचयात्मक कार्यक्रमका विच उक्त घोषणा गरिएको हो । कार्यक्रममा पोखरा रोयल साकोस र चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृतद्वय भीमबहादुर गुरुङ र कृष्ण कुमार श्रेष्ठद्वारा आ आफ्नो संस्थाको वर्तमान अवस्था र कोभिड १९ को महामारीको अवधिमा संस्थाले सदस्यहरुलाई प्रदान गरेको सेवा तथा अवलम्बन गरिएका असल अभ्यासका बारेमा प्रकाश पारिएको थियो ।

दुवै संस्थाको बिकासक्रम, कार्यक्षेत्रको वस्तुस्थिति, उपलब्ध वस्तु तथा सेवा र सहकारी अभियान तथा समुदायको विकास प्रतिको दृष्टिकोणमा समानता रहेकोले पनि दुई संस्था बीच भगिनी सम्बन्ध कायम गर्न लागिएको कुरा दुवै संस्थाका अध्यक्षहरुले व्यक्त गरे । उक्त कार्यक्रममा पोखरा रोयल साकोसका मुख्य प्रवन्धक मीलन ढकालले भगिनी सम्वन्ध कायम गर्नुको उद्धेश्य माथि प्रकाश पारेका थिए । भगिनी सम्बन्धलाई व्यवस्थित बनाउनको लागि दुवै संस्थाको प्रतिनिधी रहने गरि PCRT (Pokhara Chandragiri Rapport Team) गठन गरिएको छ । जसमा पोखरा रोयस साकोसबाट अध्यक्ष तुलसी प्रसाद गुरुङ, प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङ र मूख्य प्रवन्धक मीलन ढकाल तथा चन्द्रागिरी साकोसबाट अध्यक्ष शिव शंकर मानन्धर, प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठ र वरिष्ठ अधिकृत सुमित्रा त्रिपाठी रहेका छन् ।

jutta mela

दुवै सहकारीहरु समुदायमा आधारित रहेर कार्य गरिरहेका छन् । पोखरा रोयल साकोस २०५९ सालमा स्थानिय २८ जना सदस्यहरुबाट स्थापित भई कास्की, स्याङ्जा, तनहुँ र लम्जुङ जिल्ला भर कार्यक्षेत्र लिई पोखराको बुद्धचोकमा प्रधान कार्यालय र तनहुँको दुलेगौडा, कास्कीको भण्डारढिक र मोहरियामा सेवा केन्द्र सञ्चालन गरिरहेको छ । हाल संस्थामा ७ हजार ६ सय ४ शेयर सदस्य र ४२ जना कर्मचारीहरु रहेका छन् ।

संस्थाको चुक्ता शेयर पुँजि १७ करोड ४१ लाख, जगेडा कोष १० करोड ४४ लाख, कुल वासलात १ अर्व ८६ करोड पुगेको छ । संस्थाले एटिएम सेवा, रोयल स्मार्ट बैकिङ्ग. र एसएमएस बैकिङ मार्फत सेवा प्रदान गरि रहेको छ भने हाल संस्था प्रोवेशन ब्राण्डमा आवद्ध भएको छ । साथैै चन्द्रागिरी साकोस २०५८ सालमा स्थानीय २५ जना सदस्यबाट स्थापना भएको समुदायमा आधारित सहकारी संस्था हो । संस्थाले हाल काठमाडौ र ललितपुर जिल्लालाई कार्यक्षेत्र बनाएको छ भने काठमाडौको चन्द्रागिरी न.पा.को थानकोट महादेवस्थानमा प्रधान कार्यालय रहेको उक्त संस्थाले लगनखेल र दहचोक सेवाकेन्द्रको स्विकृति प्राप्त गरिसकेको हुँदा उक्त स्थानमा कार्यालय सञ्चालनको तयारीमा रहेको छ । संस्थामा हाल ३४ जना कर्मचारी र १० हजार ८ सय ७५ जना शेयर सदस्य छन् । संस्थाको हालको चुक्ता शेयर पुँजि १० करोड ६४ लाख, जगेडा कोष ६ करोड ८३ लाख, कुल वासलात २ अर्व १० करोड पुगेको छ । संस्थाले स्मार्ट बैकिङ र एसएमएस बैकिङ मार्फत सेवा प्रदान गरि रहेको र एटिएम सेवा सञ्चालनको तयारीमा रहेको साथै संस्था एक्सेस ब्राण्डिङ कार्यक्रमा समेत सहभागि भईरहेको छ । त्यसै गरि संस्थाले चन्द्रागिरी एम्बुलेन्स र चन्द्रागिरी यातायात मार्फत सदस्यहरुलाई बसभाडा छुटको कार्यक्रम समेत सञ्चालन गरिरहेको छ ।

You might also like

Comments are closed.