पोखराबाट कक्षा १२ मा नेपालमा नै उत्कृष्ट जिपिए ल्याउन सफल विद्यार्थीलाई हिमाल कलेजमा सम्मान

पोखरा, १७ साउन । पोखरा ८ बगाले टोलमा रहेको हिमाल कलेज अफ म्यानेजमेन्टले कक्षा १२ मा उत्कृष्ट नम्बर ल्याएर नेपाल टप गर्न सफल विद्यार्थीलाई सम्मान गरेको छ । शुक्रबार कलेजमा भएको कार्यक्रममा नेपालमा नै उत्कृष्ट जिपिए ल्याउन सफल पोखराकी सुरती पाण्डे, पोखरामा उत्कृष्ट नम्बर ल्याउन सफल बिनोद छन्याल र दिपेश भण्डारीलाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा हिमाल कलेज अफ म्यानेजमेन्टका क्याम्पस प्रमुख हरि कार्की, कलेजका इन्चार्ज मणिप्रसाद डुम्रे, रीता गुरुङ लगातले अबिर, खादा र मायाको चिनो दिदै सम्मान गरेका थिए । कार्यक्रमा क्याम्पस प्रमुख हरि कार्कीले विद्यार्थीले अरुले बनाएको रेकर्डलाई पढ्ने कि आफूले रेकर्ड बनाउने भन्नेमा प्रस्ट भए अगाडि बढेमा लक्ष्य हासिल गर्न सकिने बताए ।

उत्कृष्ट नम्बर ल्याउन सफल सुरती पाण्डेले विद्यार्थीले लक्ष्य निर्धारण गरेर अध्ययन गरेमा सफल बन्ने बताइन् । पोखराको प्रतिभा स्कुलमा अध्ययन गरेकी सुरतीले व्यवस्थपन विषयमा कक्षा १२ मा ३.९२ जिपिए ल्यान सफल भएकी थिइन् । यस वर्ष नेपाल भरबाट ३ जना विद्यार्थीले मात्रै ३.९२ जिपिए ल्यान सफल भएका थिए ।

jutta mela

प्रतिभा कै विद्यार्थी बिनोद छन्याल र दिपेश भण्डारीले ३.८५ जिपिए ल्याएका थिए । ३.८५ जिपिए पोखराका अन्य विद्यालयका विद्यार्थीहरुले पनि ल्याउन सफल भएका छन् । हिमाल कलेजले कक्षा ११ मा व्यवस्थापन संकाय र होटल व्यवस्थापन संकाय र त्रिवि अन्तर्गतका निजी क्याम्पसहरुमा विविएस अध्ययन गराउदै आएको छ ।

You might also like

Comments are closed.